latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी ६ जना सहभागी विद्यार्थीहरुले ४ जीपीए ल्याउन सफल भएका छन् । पाल्पाबाट ३ हजार ७ सय २० जना सहभागी भएकाेमा ६ जनाले ४ जीपीए ल्याउन सफल भएका हुन् ।

शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ को एसईईको नतिजा अनुसार जिल्लाको तीन सामुदायिक विद्यालयका र एक नीजि विद्यालयले ४ जीपीए ल्याउन सफल भएकाे हाे । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर बाट दुई जना, देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय तानसेनबाट एक जना र न्यू होराईजन सेकेण्डरी स्कुल तानसेनबाट तीन जनाले चार जीपीए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएको छ ।

रामतुलसी नमुना मावि बाट विविशा घिमिरे र अनुजा श्रेष्ठले चार जीपीए ल्याउँदा देववाणी देववाणी संस्कृत तथा साधारण मावि बाट शुलभ भट्टराई, न्यू होराईजन मावि सेकेण्डरी स्कुलबाट निश्चल भण्डारी, कामना राना र दिया कार्की चार जीपीए ल्याउन सफल भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका बोम बहादुर थापाका १ सय ३९ विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थी मध्ये ६० दशमलव ४५ प्रतिशतले ग्रेड पुरा गरेका छन् ।

नियमित साधारण तर्फ ५९ दशमलव ९३ प्रतिशत र प्राविधिक तर्फ ६८ दशमलव ४२ प्रतिशत विद्यार्थीले ग्रेड पुरा गरेको थापाले बताउनुभयो । नतिजा अनुसार साधारण तर्फ चार जीपीए ल्याउने विद्यार्थी ६ जना, ३.६१ देखि ४ जीपीए ल्याउने २३२ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५१ जना, २.८१ देखि ३.२० ल्याउने ७५३ जना, २.४१ देखि २.८० जीपीए ल्याउने ५३८ जना, २.०१ देखि २.४० जीपीए ल्याउने २० जना, १.६० देखि २.० ल्याउने शुन्य र १.६० जीपीए भन्दा कम ल्याउने विद्यार्थी संख्या एक हजार ४ सय ४ रहेको छ ।

प्राविधिक तर्फ चार जीपीए ल्याउने विद्यार्थी शुन्य, ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६२ जना, २.८१ देखि ३.२० ल्याउने ६१ जना, २.४१ देखि २.८० जीपीए ल्याउने १५ जना र १.६० जीपीए भन्दा कम ल्याउने विद्यार्थी संख्या ७२ जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय