latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, साउन २८

नेपाल शिक्षक महासघंको देशभरमा पालिकास्तरको धर्ना कार्यक्रम गरेकाे छ । यस्तै पाल्पाको १० वटै स्थानीय तहमा पनि धर्ना कार्यक्रम भएको महासंघले जनाएकाे छ ।

मन्त्रालयसँग भएको ३० बुँदे र ५१ बुँदे सहमतिको प्रतिलिपि पालिकामा बुझाउँदै आन्दोलनरत शिक्षकहरुले नगरपालिका एवम गाउँपालिकामा तीन घण्टा धर्ना दिएका छन् । नेपाल सरकारले शिक्षा ऐन २०२८ लाई विस्थापित गरी नयाँ शिक्षा ऐन २०८० ल्याउन खोजेको भन्दै शिक्षकहरुले धर्ना दिएका हुन् । नेपाल शिक्षक महासंघको प्रथम चरणको आन्दोलन पाल्पाको १० वटा पालिकामा भएकाे महासंघका जिल्ला अध्यक्ष कृष्ण  थापाले बताए । सरकारले महासघंसँग गरेको सम्झौताहरु उपेक्षा गरी नयाँ शिक्षा ऐन ल्याउन खोजेको भन्दै महासंघ अान्दाेलनमा उत्रिएकाे हाे ।

दरबन्दीमा कार्यरत शिक्षकहरुको आफ्ना लागि परीक्षासम्बन्धी विशेष व्यवस्था गरी शिक्षक सेवा आयोगबाट स्थायी गर्ने प्रबन्ध गर्नुपर्ने महासङ्घको माग छ । त्यस्तै, २०७२ असोज ३ गते पछिका अस्थायी/करार शिक्षकको पनि त्यसअघिका अस्थायी शिक्षकलाई जस्तै आन्तरिक खुल्ला परीक्षाको व्यवस्था गरी स्थायी गर्नुपर्ने माग रहेको छ । महासंघले शिक्षकहरूको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द हुने समेत चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय