पाल्पा-तानसेन नगर स्तरीय दाेस्त्राे मेयर कप फुटबल प्रतियाेगिताकाे उपाधी तानसेन वडा न १ ले हात पारेको छ । तानसेन वडा न १ र ९ बिच भएकाे फाइनल खेलमा वडा न १ ले वडा न ९ लाई पछि पार्दै उपाधी हात पार्न सफल भएको हाे । तानसेन स्थित टुडिखेल मैदानमा सञ्चालन भएको तानसेन नगर स्तरीय दाेस्त्राे मेयर कप प्रतियाेगितामा वडा न १ ले ३ गाेल गर्न सफल भएको थियाे भने तानसेन वडा न ९ ले २ गाेल हान्न सफल भयाे । प्रतियाेगितामा प्रथम हुने तानसेन वडा न १ ले १ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । भने द्वितीय हुने तानसेन वडा न ९ ले ७५ हजार ५ सय ५५ रूपैयाँ शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
प्रतियाेगितमकाे समापन कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले खेलकुदले समाजमा एकता, अनुशासन, र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने बताउनुभयो । प्रतियोगिताले नगरका युवाहरूको प्रतिभा र क्षमता उजागर गर्ने एउटा महत्वपूर्ण अवसर बनेको बताउनुभयाे । मेयर कपको मुख्य उद्देश्य नगरका युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मंच उपलब्ध गराउनु हो । यस प्रतियोगिताले केवल खेल मात्र होइन, एकता, अनुशासन, र सहकार्यको महत्त्वलाई पनि सिकाएको बताउनुभयो ।
प्रतियाेगिता कडा मेहनत, खेल कौशल र प्रतिबद्धता प्रेरणादायक छ । प्रतिस्पर्धा जित्ने मात्र होइन, सहभागी भई आफ्नो क्षमताको प्रदर्शन गर्नु पनि विजयकै अर्को रूप रहेको बताउनुभयो । तानसेन नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई निरन्तर प्राथमिकता दिँदै आएको छ । आगामी दिनमा खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण कार्यक्रमहरू, र थप प्रतियोगिताहरूको आयोजना गरेर युवाहरूलाई थप अवसरहरू दिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले नगरका प्रतिभाशाली युवा खेलाडीहरूको क्षमता उजागर गर्नु र खेलकुद मार्फत आपसी भाइचारा, अनुशासन, र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न प्रतियाेगिताले महाेत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । तानसेन नगरपालिकाले खेलकुदलाई नगरको विकास र युवाहरूको उत्थानको एउटा महत्त्वपूर्ण माध्यमका रूपमा लिएको बताउनुभयो । भविष्यमा यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै, खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण कार्यक्रम सञ्चालन, र खेलकुदमैत्री वातावरण सिर्जना गर्न नगरपालिका प्रतिबद्व रहने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला,नगरपालिकाका प्रवक्ता यादब सिङ कार्की,वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्य,तानसेन वडा न ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल,नगरपालिकाका कर्मचारीहरू लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रम तानसेन नगरपालिका वडा न ४ का वडा अध्यक्ष एवम तानसेन नगरपालिका खेलकुद विकास समितिका संयाेजक हेमन्त राज शाक्यकाे सञ्चालनमा सम्पन्न भएको थियो ।