latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा। भदौ ९

गुल्मेली चेलिबेटी समुहको तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । गुल्मेली चेलिबेटी समुहद्वारा पाल्पामा हरीतालिका तिज २०८१ को उपलक्ष्यमा सुभकामना आदान प्रदान तथा तीज मिलन कार्यक्रम शनिबार तानसेनमा सम्पन्न भएको हो । कार्यक्रममा १०६जनाको उपस्थिती रहेको थियो ।

बिबाह वा बिभिन्न पेशा ब्यबसायले पाल्पामा बस्ने गुल्मेली चेलीबेटी समुहले एकता र भातृत्वको सन्देश दिदै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका हुन् ।

कार्यक्रमको अध्यक्षता समुहकी अध्यक्ष रमा पन्तले गर्नुभएको थियो ।अध्यक्ष पन्तले पाल्पामा बस्ने चेलीबेटिहरु कोहीपनी परनिर्भर र खालिहात बस्न हुदैन भन्नुभयो। उहाँले केही न केही काम गर्नै पर्छ भन्दै कसैले सिप सिकेर आर्थिक उन्नति गर्न चाहनुहुन्छ भने सिप सिकाउने ब्यबस्था मिलाउने बताउनुभयो । अध्यक्ष पन्तले सिप सिकौ आत्मनिर्भर बन्नौ भन्नेनारा कहिल्यै नभुल्न सुझाब दिनुभयो ।

गुल्मेली चेलीबेटी समुहमा सामाजिक कार्यमा टेवा दिनका छत्रकोट २ मान्कोटमा जन्मिनुभएकी हाल अमेरीका निवासी शान्ता पोख्रेलले १० हजार सहयोग गर्नु भएको छ।
कार्यक्रम समुहकी उपाध्यक्ष लक्ष्मी पान्डेको स्वागत संस्थाकी सल्लाहकार धनकला गाहको सुभकामना र सचिब केशरी बस्नेतको सन्चालनमा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय