latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाले बगनासकाली गाउपालिकामा समिति विस्तार गरेकाे छ ।  बगनासकालि गाउँपालिकामा रबिन्द्र घिमिरेकाे सभापतित्वमा १३ सदस्यीय समिति विस्तार गरेकाे हाे ।

अधिवेशन नहुँदासम्मकाे सम्पूर्ण जिम्मेवारी समितिमा रहने गरि गठन गरिएकाे समितिकाे उपसभापतिमा धुर्व ढङ्गाना, सचिव चिरञ्जीवी भट्टराई, कोषाध्क्षय:-बावुराम पराजुली र सदस्यहरूमा भुपाल परियार, प्रकाश हिताङ्ग, योगेन्द्र तिमल्सेना,  थर्क राज गैरे रहेका छन् । रिक्त महिला पधादिकारीहरुको पद कार्यसमितिको दोश्रो बैठक ले पूर्णता दिने बताइएकाे छ ।

कार्यक्रममा प्रदेश काेषाध्यक्ष दुर्गी अर्यालले रास्वपाकाे अागामी कार्यदिशा र जिल्ला सभापति बिष्णु भण्डारीले जिल्लाकाे कार्ययाेजनाका विषयमा स्पष्ट पार्दै रास्वपालाइ सरकारले प्रतिशाेध राखेर काम गरेकाे बताएका थिए । कार्यक्रममा नीति, सिद्दान्त र विचार स्पष्ट र साेधिएका प्रश्नहरूकाे जवाफ उपसभापति सुमन गैरेले दिएका थिए । जिल्लाकाे तानसेन, रामपुर, रिब्दीकाेट, रैनादेवीछहरामा नेतृत्व चयन भैसकेकाे र अन्य पालिकाहरूमा पनि समिति विस्तार गर्ने जिल्ला कमिटिले निर्णय गरेकाे जिल्ला उपसभापति गैरेले बताए ।

वैशाखमा केन्द्रीय अधिवेशन अगावै पाल्पाका पालिका र वडास्तरिय भेला गर्ने रास्वपा पाल्पाले जनाएकाे छ । कार्यक्रमकाे सञ्चालन क्षेत्र नं. २ का सभापति गणेश बस्यालकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय