latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

पाल्पा, २ असार
गायक तथा सर्जक रामचन्द्र चन्दको नया“ गीत ‘मौरी जस्तै’ सार्वजनिक भएको छ । गुल्मी घर भएका सर्जनक चन्दले युट्युब च्यानल मार्फत् उक्त नया“ गीत सार्वजनिक गरेका हुन् ।
‘ख्याल राख है बैंसको, आधी जोवन गइसको बरै जिन्दगी चल्छ र ? मौरी जस्तै रानु बिनाको, आहै, म नि उस्तै सानु बिनाको’ यी र यस्तै शब्दसहित सार्वजनिक गरिएको गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा चन्दको छ ।
‘यस गीतले छिट्टै लोकप्रियता कमाउने विश्वास छ,’ उनले भने । चन्द संगै टिका प्रसाईको स्वर रहेको छ । शब्द संयोजन विक्रम बाबु विश्वकर्माले गरेका छन् । आज्ञा क्रियसनले निर्माण गरेको गीतलाई प्रिज्मा स्टुडियोले रेकर्ड गरेको हो । संगीत संयोजन नन्दु परियारको छ । कृष्ण बिकले एरेन्ज गरेका छन् । युवा जमातमा लोकप्रियता कमाउने चन्दले बताए । म्युजिक भिडियोको निर्देशन प्रविन थापाले गरेका छन् । अर्जुन सापकोटा, काव्या खड्का र गौरव हमालले अभिनय गरेको गीतले लोकप्रियता कमाउने विश्वास चन्दको छ ।
चन्दले यसअघि पनि चरी रुखैमा….माया सारै छ… भिरमा रु“दै छु… अबदेखि एक्लै हुम्ला म… आमा… अँध्यारो…तीन फुर्के डोरी… घा“टी रेट्नलाई…फुल फुल्यो केसरी…. मेची महाकाली…लगायत दर्जन बढी गीत बजारमा ल्याइसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर चन्द यसअघि देश तथा विदेशमाका मंचमा गीत गाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय