latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, २ असार
गायक तथा सर्जक रामचन्द्र चन्दको नया“ गीत ‘मौरी जस्तै’ सार्वजनिक भएको छ । गुल्मी घर भएका सर्जनक चन्दले युट्युब च्यानल मार्फत् उक्त नया“ गीत सार्वजनिक गरेका हुन् ।
‘ख्याल राख है बैंसको, आधी जोवन गइसको बरै जिन्दगी चल्छ र ? मौरी जस्तै रानु बिनाको, आहै, म नि उस्तै सानु बिनाको’ यी र यस्तै शब्दसहित सार्वजनिक गरिएको गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा चन्दको छ ।
‘यस गीतले छिट्टै लोकप्रियता कमाउने विश्वास छ,’ उनले भने । चन्द संगै टिका प्रसाईको स्वर रहेको छ । शब्द संयोजन विक्रम बाबु विश्वकर्माले गरेका छन् । आज्ञा क्रियसनले निर्माण गरेको गीतलाई प्रिज्मा स्टुडियोले रेकर्ड गरेको हो । संगीत संयोजन नन्दु परियारको छ । कृष्ण बिकले एरेन्ज गरेका छन् । युवा जमातमा लोकप्रियता कमाउने चन्दले बताए । म्युजिक भिडियोको निर्देशन प्रविन थापाले गरेका छन् । अर्जुन सापकोटा, काव्या खड्का र गौरव हमालले अभिनय गरेको गीतले लोकप्रियता कमाउने विश्वास चन्दको छ ।
चन्दले यसअघि पनि चरी रुखैमा….माया सारै छ… भिरमा रु“दै छु… अबदेखि एक्लै हुम्ला म… आमा… अँध्यारो…तीन फुर्के डोरी… घा“टी रेट्नलाई…फुल फुल्यो केसरी…. मेची महाकाली…लगायत दर्जन बढी गीत बजारमा ल्याइसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर चन्द यसअघि देश तथा विदेशमाका मंचमा गीत गाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय