latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, मंसिर १९

सुन्तला उत्पादनको राम्रो सम्भावना रहेको पश्चिम पाल्पामा सुन्तला महोत्सव हुने भएको छ । रैनादेबी छहरा गाउँपालिका र रिब्दिकोट गाउँपालिकाको संयुक्त आयोजनामा मङ्सिर २२ र २३ गते रैनादेबी छहराको कटौजेपानीमा महोत्सब हुने लागेको हो ।

बुधबार तानसेन आयोजित पत्रकार सम्मेलनमा सुन्तला महोत्सव ब्यबस्थापन समितिका संयोजक दान बहादुर कुँवरले रिब्दीकोट गाउँपालिकाले पहिलो सुन्तला महोत्सव गरेर सिकेको अनुभबलाई संगाल्दै यस पटक दुई पालिका मिलेर महोत्सब गर्न लागिएको बताउनुभयो । उहाँले महोत्सब गरेर किसानलाई सुन्तला खेत गर्न प्रोत्साहन र किसानले सुन्तलाको राम्रो मूल्य पाएको समेत बताउनुभयो । उहाँले  सुन्तला खेतीकै कारण २२ परिवारको मैनादीबाट हुन लागेको बसाइँसराइ रोकिएको समेत बताउनुभयो ।

कार्यक्रममा रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगद भट्टराईले कृषिबाटै बसाइँसराइ रोक्न सकिन्छ कि भन्ने प्रयास गरेको बताउनुभयो । महोत्सवमा किसानलाई तालिम प्रशिक्षण रोग किराको बारेमा जानकारी दिइने छ अध्यक्ष भट्टराईले  भन्नुभयो ।

रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले पहाडी जिल्ला भएकाले यहाँ सुन्तला खेतीको व्यापक सम्भावना भएकाले ठुलो ठुलो बगैचा निर्माण गर्ने गरि तयारी समेत गरिएको बताउनुभयो ।

३० ओटा स्टल हुने छन् । साथै सुन्तलाबाट बन्ने बिभिन्न बस्तुको प्रर्दशनी समेत गरिने आयोजकले जनाएका छन् । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको समेत सहभागिता रहने आयोजकले जनाएका छन् ।
यस क्षेत्रबाट सुन्ताल बेचेर किसानले बार्षिक ११ करोड बराबरको आम्दानी किसानले गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय