पाल्पा, मंसिर १९
सुन्तला उत्पादनको राम्रो सम्भावना रहेको पश्चिम पाल्पामा सुन्तला महोत्सव हुने भएको छ । रैनादेबी छहरा गाउँपालिका र रिब्दिकोट गाउँपालिकाको संयुक्त आयोजनामा मङ्सिर २२ र २३ गते रैनादेबी छहराको कटौजेपानीमा महोत्सब हुने लागेको हो ।
बुधबार तानसेन आयोजित पत्रकार सम्मेलनमा सुन्तला महोत्सव ब्यबस्थापन समितिका संयोजक दान बहादुर कुँवरले रिब्दीकोट गाउँपालिकाले पहिलो सुन्तला महोत्सव गरेर सिकेको अनुभबलाई संगाल्दै यस पटक दुई पालिका मिलेर महोत्सब गर्न लागिएको बताउनुभयो । उहाँले महोत्सब गरेर किसानलाई सुन्तला खेत गर्न प्रोत्साहन र किसानले सुन्तलाको राम्रो मूल्य पाएको समेत बताउनुभयो । उहाँले सुन्तला खेतीकै कारण २२ परिवारको मैनादीबाट हुन लागेको बसाइँसराइ रोकिएको समेत बताउनुभयो ।
कार्यक्रममा रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगद भट्टराईले कृषिबाटै बसाइँसराइ रोक्न सकिन्छ कि भन्ने प्रयास गरेको बताउनुभयो । महोत्सवमा किसानलाई तालिम प्रशिक्षण रोग किराको बारेमा जानकारी दिइने छ अध्यक्ष भट्टराईले भन्नुभयो ।
रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले पहाडी जिल्ला भएकाले यहाँ सुन्तला खेतीको व्यापक सम्भावना भएकाले ठुलो ठुलो बगैचा निर्माण गर्ने गरि तयारी समेत गरिएको बताउनुभयो ।
३० ओटा स्टल हुने छन् । साथै सुन्तलाबाट बन्ने बिभिन्न बस्तुको प्रर्दशनी समेत गरिने आयोजकले जनाएका छन् । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको समेत सहभागिता रहने आयोजकले जनाएका छन् ।
यस क्षेत्रबाट सुन्ताल बेचेर किसानले बार्षिक ११ करोड बराबरको आम्दानी किसानले गर्दै आएका छन् ।