पाल्पा, मंसिर १२
तानसेन नगरपालिकाले गठन गरेको तानसेन नगर प्रज्ञा प्रतिष्ठानको पदस्थापना सम्पन्न भएको छ । बुधबार तानसेन नगरपालिकाले आयोजना गरेको एक समारोहका बीच प्रज्ञा प्रतिष्ठानका उप—कुलपति तथा सदस्यहरुले सपथग्रहण लिएका छन् ।
प्रतिष्ठानका कुलपति तथा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले उप—कुलपति चोलेश्वर शर्मालाई सपथग्रहण गराउनुभयो । त्यस लगत्तै उप—कुलपति शर्माले अन्य सदस्यहरुलाई सपथग्रहण गराउनुभयो । नगर प्रज्ञा प्रतिष्ठानका कुलपती तथा नगरप्रमुख श्रेष्ठले तानसेन नगरपालिकालाई ऐतिहासीक, संस्कृतीक,भाषासाहित्य,सम्पदा,ललितकला,पर्यटन, जात्रा लगायतका पक्षलाई समेट्दै मध्यकालीन शहरको रुपमा बिकास गर्ने दीर्घकालिन उद्धेश्य राखेर नगरपालिकाको १५ औं नगरसभाबाट परित भएको बिधियेकलाई कार्यान्वयन गरिएको बताउनुभयो । उहाँले यो समितिलाई नगर सरकारले पूर्ण बिश्वास गरेको बताउदै, तानसेन नगरपालिकाले राखेको अपेक्षा पुरा हुने बिश्वास ब्यक्त गर्नुभयो ।
नगर उप प्रमुख प्रतिक्षा सिंजालीले नगरपालिकाले पूर्वाधारको क्षेत्रमा धेरै काम गर्दै आइरहेको बताउदै पूर्वाधारको बिकासले मात्र समाजको पूर्ण बिकास नहुने धारणा राख्दै भाषा, कला, साहित्य, संस्कृती र परम्पराको संरक्षण र उनन्वयनमा समेत बिकास गर्दै जानुपर्ने भएकाले तानसेन नगर प्रज्ञा प्रतिष्ठान गठन भएको बताउनुभयो ।
नगर प्रज्ञा प्रतिष्ठानका उप—कुलपति चोलेश्वर शर्माले सबैको सहयोगले नगरको प्राचिन गरिमा, महत्व, तथा भाषा कला,साहित्य लगायतका बिषयमा नगर ऐन बमोजिम केही न केही कामको सुरुवात गर्ने बताउनुभयो । उहाँले सबैको सहयोगले तानसेनको ऐतिहासीक पक्षलाई बिश्वसामु बुझाउन सकिने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्याक्रममा नगर प्रबक्त तथा तानसेन ११ का वार्ड अध्यक्ष यादबसिं कार्की, कार्यपालिका सदस्य सबिता भट्टराई, प्रतिष्ठानकी सदस्य धनकला गाहाले शुभकामना मन्तब्य दिनुभएको थियो ।