रामपुर नगरपालिका–५ स्थित रामघाटमा आइतबार नगरस्तरीय जेष्ठ नागरिक भेला आईतबार सम्पन्न भएको छ। रामपुर नगरपालिकाको आयोजनामा लक्ष्मीनारायण मन्दिर रामघाटमा भेला सम्पन्न भएको हो । भेलामा सहभागी ज्येष्ठ नागरिकहरुलाई कानूनी सचेतना प्रदान गर्नुका साथै स्वास्थ्य परीक्षण र दोसला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै रामपुर नगर प्रमुख रमण बहादुर थापाले जेष्ठ नागरिक जिउदो भगवानको स्वरुप रहेको बताउँदै उहाँहरुको मार्गदर्शनले मात्र समाजले गति लिने बताउनुभयो ।

जेष्ठ नागरिकको उचित हेरचाह र सम्मान गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा सामाजिक संरचना नै कमजोर हुँदै गएको बताउनुभयो। उहाँले यस समस्याको समाधानका लागि रामपुर नगरपालिकाले ‘ज्येष्ठ नागरिक स्कुल’ सञ्चालनको तयारी गरिरहेको जानकारी दिनुभयो।उक्त स्कुल लक्ष्मी नारायण मन्दिर परिसरमा स्थापना सञ्चालनको लागि तयारी भैरहेको बताउनुभयो । जहाँ बालबालिकालाई संस्कार, संस्कृति तथा परम्परागत सिप हस्तान्तरण गरिनुका साथै ज्येष्ठ नागरिकहरुलाई भजनकृतन, अध्ययन र सामाजिक मेलमिलापका लागि अनुकूल वातावरण सिर्जना गरिनेछ। स्कुल सञ्चालनका लागि नगरपालिकाले बस समेत खरिद गरिसकेको र सडक पूर्वाधार निर्माण संगै आवश्यक व्यवस्थापनक‍ो कार्य पश्चात छिट्टै सञ्चालन गरिने थापाले बताउनुभयो । रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले जेष्ठ नागरिकहरुको सेवा गर्नु र सम्मान गर्नु छोराछोरी मात्र नभै हामी सबैको दायित्व रहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले नगरपालिकाद्वारा संचालित विभिन्न कार्यक्रम र योजनाबारे जानकारी दिनुभयो। नगरपालिकाले बालबालिका, युवा देखि जेष्ठ नागरिक सम्म लक्ष्यित गरेर आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष देवराज ढकालले ज्येष्ठ नागरिकका हक अधिकारका पक्षमा मञ्चले निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो । जिल्ला सदस्य केशवराज पंगेनीले पनि ज्येष्ठ नागरिकहरुलाई एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो । लक्ष्मी नारायण मन्दिर सञ्चालन समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले स्कुल सञ्चालनका लागि मन्दिरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।कार्यक्रममा नगर भित्रका जेष्ठ नागरिकहरुलाई दोसला ओढाई सम्मान गरिएको थियो । साथै रामपुर नगरपालिकाका स्वस्थ्यकर्मीहरुको उपस्थितिमा स्वास्थ्य जाँच तथा परामर्श सेवा प्रदान गरिएको थियो । जेष्ठ नागरिकहरुको लागि राज्यले प्रदान गरेको सुविधा, अधिकारको विषयमा रामपुर नगरपालिका प्रशासन अधिकृत युवराज पन्थीले जानकारी गराउनु भएको थियो ।रामपुर नगपालिका प्रमसख रमण बहादुर थापाको अध्यक्षतामा भएको भेला उपप्रमुख बालकुमारी थापाको स्वागत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पुजा परियारको सञ्चालनमा भएको हो ।

यस्तैजेष्ठ नागरिक संघ रामपुर नगर अध्यक्षमा कृष्णप्रसाद अर्याल चयन गरिएको छ । नगरस्तरीय ज्येष्ठ नागरिक भेलाले अर्यालको नेतृत्वमन समिति चयन गरेको हो । संघको उपाध्यक्षमा कृष्णप्रसाद भट्टराई र लक्ष्मण भण्डारी, सचिवमा तिर्थप्रसाद ढुङ्गाना, सहसचिवमा हरिप्रसाद आचार्य, कोषाध्यक्षमा सीता राना तथा सदस्यहरू यज्ञमूर्ति घिमिरे र मकबुल मियाँ चयन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय