latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

१९ ओैं वार्षिक दिवस समारोहको अवसरमा शिक्षा, स्वास्थ्य साहित्य तथा समाजसेवाको क्षेत्रमा योगदान पुर्याउने दश व्यक्तित्वलाई पुरस्कार तथा सम्मान गरेकाे छ । शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठानद्वारा पुरस्कार तथा सम्मान साथै विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विधार्थीहरूलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको हाे ।

पुरस्कार तथा सम्मान  पाउनु हुने व्यक्तित्वहरूमा कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कारबाट पुरस्कृत दीर्घबहादुर चन्द ‘ सुमन ‘ आगो काव्य उपविधाका परिकल्पनाकार हुनुहुन्छ ।लक्ष्मीप्रिय जगत बहादुर जोशी स्मृति पुरस्कारबाट गिरिराज डल्लाकोट, कोपिला परिकल्पनाकार पुरस्कृत हुनुभएको छ । जगतकुलमणिकविन्द्र त्रिनक्षत्र पुरस्कारबाट दुर्गा अधिकारी भमरकोटे, सुसेली प्रवर्तक पुरस्कृत हुनुभएको  छ । प्रतिष्ठानका संरक्षक प्रा.डा. प्रकाश राज रेग्मीद्वारा स्थापित विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कारबाट दीपा गहतराज, उत्कृष्ट नर्स, मिसन अस्पताल पुरस्कृत हुनुभएको छ । इन्द्रलाल भारती शिक्षा सेवा सम्मानबाट अच्युतराज शर्मा  सेवानिवृत प्रधानाध्यापक, शक्तिराज रेग्मी संचार सेवा सम्मानबाट सन्तोष बस्याल रेडियो टेलिभिजन पत्रकार सम्मानित हुनुभएको छ । बालहरि स्वास्थ्य सेवा सम्मान सूर्यबहादुर कार्की, स्वास्थ्यकर्मी, दीनानाना साहित्य सेवा सम्मान रजिउल्ला मियाँ उपन्यासकार, राधावद्री स्मृति स्वयंसेवा सम्मान टोप प्रसाद श्रेष्ठ  स्वयंसेवकलाई प्रदान गरिएको छ भने तुलठगी शैक्षिक प्रतिभा पुरस्कार आरोही खनाल  विधार्थी न्यु होराइन स्कुललाई पुरस्कृत गरिएको हाे ।

समारोहमा विभिन्न छात्रवृत्ति समेत प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले समय समयमा विधार्थी केन्द्रीत शैक्षिक कार्यक्रम गर्नुका साथै स्थापना कालदेखिनै छात्रवृत्तिहरू प्रदान गर्दै आएको छ । प्रतिष्ठानको १९ ओैं वार्षिक दिवस समारोहको अवसरमा प्रमुख अतिथि पुतलीबजार नगर प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी र आयोजक संस्थाका अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा छात्रवृत्ति, पुरस्कार र सम्मान प्रदान गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय