latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, पाल्पामा पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । ७० औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघले नसर्ने रोगहरुको निःशूल्क स्वास्थ्य परीक्षण गरिकाे हाे ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाको कार्यालय मेहलधारामा स्वास्थ्य कार्यालय पाल्पाको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण गरिएको हो । जिल्लाका ५० जना पत्रकारहरुको स्वास्थ्य परीक्षण सम्पन्न गरिएको छ ।

शाखाका संस्थापक अध्यक्ष मेघराज शर्माले महासंघले पत्रकारहरुको स्वास्थ्य परीक्षण गरेर रचनात्मक कार्य गरेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता रचनात्मक काम गर्दै अगाडि बढ्न शाखालाई आग्रह गरे । शाखा अध्यक्ष कमलराज तिमिल्सेनाले महासंघको स्थापना दिवसको अवसरमा स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको बताए । उनले स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा कार्यक्रम गर्न सफल भएको भन्दै स्वास्थ्य कार्यालयलाई हार्दिक आभार समेत व्यक्त गरे ।

स्वास्थ्य कार्यालय पाल्पाका ल्याव अधिकृत मधुसुधन भट्टराईले नसर्ने रोगहरु अन्तर्गत बीएमआई, उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका परीक्षण गरिएको बताए । भट्टराईसहित स्वास्थ्य कार्यालयका वरिष्ठ हेक्टर कन्ट्रल निरीक्षक उदयचन्द्र चौरासीया, पब्लिक हेल्थ नर्स शान्ति भण्डारी र टिकाराम भाट सहितको टोलीले पत्रकारहरुको स्वास्थ्य परीक्षण गरेको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय