
पाल्पा, पाल्पामा पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । ७० औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघले नसर्ने रोगहरुको निःशूल्क स्वास्थ्य परीक्षण गरिकाे हाे ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाको कार्यालय मेहलधारामा स्वास्थ्य कार्यालय पाल्पाको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण गरिएको हो । जिल्लाका ५० जना पत्रकारहरुको स्वास्थ्य परीक्षण सम्पन्न गरिएको छ ।



शाखाका संस्थापक अध्यक्ष मेघराज शर्माले महासंघले पत्रकारहरुको स्वास्थ्य परीक्षण गरेर रचनात्मक कार्य गरेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता रचनात्मक काम गर्दै अगाडि बढ्न शाखालाई आग्रह गरे । शाखा अध्यक्ष कमलराज तिमिल्सेनाले महासंघको स्थापना दिवसको अवसरमा स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको बताए । उनले स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा कार्यक्रम गर्न सफल भएको भन्दै स्वास्थ्य कार्यालयलाई हार्दिक आभार समेत व्यक्त गरे ।
स्वास्थ्य कार्यालय पाल्पाका ल्याव अधिकृत मधुसुधन भट्टराईले नसर्ने रोगहरु अन्तर्गत बीएमआई, उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका परीक्षण गरिएको बताए । भट्टराईसहित स्वास्थ्य कार्यालयका वरिष्ठ हेक्टर कन्ट्रल निरीक्षक उदयचन्द्र चौरासीया, पब्लिक हेल्थ नर्स शान्ति भण्डारी र टिकाराम भाट सहितको टोलीले पत्रकारहरुको स्वास्थ्य परीक्षण गरेको हाे ।