latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

आज असार २१ गतेदेखी आइतबारसम्म पश्चिम नेपालका जिल्लामा धेरै वर्षा हुने प्रक्षेपण गरिएको छ । तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले शुक्रबारदेखि आइतबारसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा तुलनात्मक रूपमा धेरै वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले ३० जिल्लामा जोखिमयुक्त क्षेत्रका रूपमा रेडअलर्ट जारी गरेको छ ।

‘मनसुनको न्यूनचापीय रेखा पूर्वभन्दा पश्चिमतिर सरदरभनदा नजिक (भारतसँगको सीमा क्षेत्र) मा छ,’ मौसमविद् सञ्जीव अधिकारीले भने, ‘यसअघि मध्य र पूर्व केन्द्रित धेरै पानी परिरहेको थियो । अब पश्चिम पहाड केन्द्रित पानी पर्ने देखिन्छ ।’ कम वर्षा भएका सुदूरपश्चिम र कर्णाली क्षेत्रमा अबको वर्षाले खेतीपातीमा मद्दत पुग्ने भए पनि पहिरोको जोखिम पनि बढाएको छ ।

शुक्रबारदेखि आइतबारसम्म पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमतीका थोरै स्थानमा भीषण (भारी) वर्षाको आकलन गरिएको छ । लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पुर्व पनि रेड जोनमा परेका छन् ।

विभागले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ, ‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्व तयारी गर्नुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वामानुमान महाशाखाका अनुसार विगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण नेपालमा मनसुन सक्रिय हुँदै गएको छ । सो न्यून चापिय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग आसपास नै रहने छ ।

रेडअलर्ट जारी भएका ३० जिल्ला

मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा रेडअलर्ट जारी गरेको छ । गण्डकी– म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र मुस्ताङ । धेरै वर्षा हुने भएकाले यस क्षेत्रमा पहिरोको जोखिम छ । लुम्बिनी– कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व । कर्णाली– जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालीकोट, जुम्ला र हुम्ला । सुदूरपश्चिम– दार्चुला, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, डोटी र अछाम । यी क्षेत्रमा आगामी आइतबारसम्म धेरै वर्षा हुने भएकाले विपत्को जोखिम पनि बढेको हो । तस्वीरः नयाँपत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय