latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

सहिद दिवसको सन्दर्भ पारेर पाल्पाली कवि तेजनारायण ढकालद्वारा लिखित ‘मानव’ कविता सङ्ग्रह बुधबार विमोचन भएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख एवम् साहित्यका डा. टंकप्रसाद पन्थ, पत्रकार सेनानी मेघराज शर्मा, तानसेन बहुमुखी क्याम्पसका प्रमुख एवम् साहित्यका पुष्कर अथक रेग्मी र सर्जक तेजनारायण ढकालले संयुक्तरूपमा कृति विमोचन गर्नुभएको हो ।
कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै साहित्यकार पुष्कर अथक रेग्मीले ३३ वटा अनुष्टुप शैलीमा समाविष्ट कविताहरू सरल र विचार प्रधान भएको बताउनुभयो । कवितामा सर्जकले कवितामार्फत वर्तमान समयमा मानव क्रियाकलाप, नाता सम्बन्ध, वर्गीय चेतना, जीवन दर्शन लगायतका कुरा मुखरित गर्नुभएको छ ।
सर्जक÷प्रकाशक तेज नारायण ढकालको आयोजनामा भएको कृतिमा प्रमुख अतिथि डा. टंक पन्थले नयाँ प्रतिभाबाट छन्दमा कृति प्रकाशन हुनु नेपाली साहित्यको लागि साझा सम्पत्ती हुने विचार राख्नुभयो । सहिद दिवसकै सन्दर्भमा समाविष्ट कविता वाचन गर्दै उहाँले राष्ट्रको योगदानको लागि स्रष्टाले सिर्जनामार्फत आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, वरिष्ठ पत्रकार मेघराज शर्मा, प्रगतिशिल लेखक संघ पाल्पाका अध्यक्ष रामप्रसाद अर्याललगायतले कविताहरूमा समसामयिकताको यथार्थभाव, मानवीय स्वभाव, सद्भाव स्वतन्त्रता लगायतका विषयवस्तु सशक्तरूपमा अटाएको भन्दै स्रष्टा ढकाललाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
स्रष्टा तेजनारायण ढकालको अध्यक्षतामा भएकोमा कार्यक्रमको सञ्चालन स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष एवम् साहित्यकार भोजराज भट्टराईले गर्नुभएको थियो । कवितामार्फत कविले समकालिन नेपाली समाजको अवस्थालाई छाम्ने प्रयास गर्नुभएको छ । मानव कवितासंग्रहमा ३३ वटा कविताहरू समाविष्ट गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय