latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

पाल्पा, कार्तिक २७

पाल्पाकाे रम्भा गाउँपालिकाका युवाहरू घाट निर्माण गर्न कस्सिएका छन् । देश विकासमा युवा शक्ति प्रयाेग हुनुपर्ने समयमा अरू कुनै निकायले काम नगरेकाे भन्दै मानिस मर्दा जलाउने ठाउँ समेत अप्ठ्याराे भएकाे भन्दै स्वच्छिक रकम संकलन गरेका छन् ।

रम्भा गाउँपालिका १ काे कालिगण्डकी किनारमा फडियारघाट निर्माण अभियान नै युवाहरूले चलाएका हुन् । वर्षात् काे समयमा लाश जलाउने स्थानकाे अभाव भयाे, युवाजनशक्ति गाउँमा कम भएकाे अवस्थामा जति छाैं सबैले सल्लाह गरेर घाट निर्माण गर्ने साेंच बनाएका हाैं, यम बहादुर सिंजालीले भने, धेरै युवा विदेशमा छन् । यहाँ भएका वृद् बाअामाहरूले अाँफै केही गर्न पनि सक्नुहुन्न । हामीले मरेपछि त राम्राेसँग दाहसंस्कार गर्नुपर्छ भनेर घाट निर्माण अभियान चलाएका हाैं । उनी भन्छन्, हामीसँग बजेटकाे कुनै स्राेत थिएन, छैन तर पनि सहयाेग जुट्दै छ । हामीलाइ अहिलेसम्म कुनै सरकारले सहयाेग गरेकाे छैन ।

कालिगण्डकी करिडाेरदेखी झण्डै ५० मिटरकै दूरीमा युवाहरूले शवदाह स्थान बनाउन थालेका छन् । पहिलाे चरणकाे बेश ढलाइ सम्पन्न गरिएकाे संयाेजक यम सिंजालीले बताए । देश तथा विदेशमा बस्ने यस क्षेत्रका युवाहरूले सहयाेग गरिरहेका छन् । अहिलेसम्म २ लाख रूपैयाँ बढी संकलन भैसकेकाे छ । तर घाट निर्माणका लागि झण्डै १० लाख खर्च हुने युवाहरूले बताएका छन् । जसमा छाना सहितकाे लाश जलाउने पक्की ट्रस्ट, साेलार बत्ती जडान, पानीकाे व्यवस्था, दाउरा राख्ने अाेत निर्माण, पक्की प्रतिक्षालय र सार्वजनिक शाैचालय निर्माण गर्ने याेजना रहेकाे छ । सहयाेग रकम जुटेमा बहुउपयाेगी हुने गरि फडियार घाट र खडाल चाैपारीकाे बीचमा प्रतिक्षालय निर्माण गर्ने र कालिगण्डकी करिडाेर भएर यात्रा गर्ने यात्रुहरूकाे बिश्राम स्थल र कालिगण्डकी दर्शन गर्न मिल्ने व्यवस्था गरिने गरि प्राविधिक काम गरिसकेकाे युवा दिनेश भट्टराइले बताए ।

हिउँदमा यस क्षेत्रमा नदी तटमै लगेर लाश जलाउने गरिन्छ । यस क्षेत्रका बासिन्दाले वर्षामा नदीकाे सतह बढेर घाट पुरा डुबानमा पर्ने र खाेलाले बाँकी भाग कटान गर्ने भएकाेले शव दाह गर्ने निकै समस्या खेप्दै अाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय