latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

देशभरका अधिकांश क्याम्पसमा शान्तिपूर्ण तरिकाले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको उम्मेदवारी दर्ता भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिले जनाएको छ ।

पाल्पाकाे त्रिभुवन बहुमुखी क्याम्पसकाे स्ववियु सभापतिमा चार जनाकाे उम्मेदवारी परेकाे छ । नेपाल विद्यार्थी संघ र अनेरास्ववियु छैठाैंकाे संयुक्त प्यानलबाट कृष्ण अर्याल, अनेरास्ववियुबाट अनुजा अर्याल, अनेरास्ववियु क्रान्तिकारीबाट मिलन घर्ती र अनेरास्ववियू स्वतन्त्रबाट उमेश भण्डारीकाे उम्मेदवारी दर्ता भएकाे निर्वाचन अधिकृत जीवन बहादुर थापाले बताए ।

मिश्रित निर्वाचन प्रणालीअनुसार प्रत्यक्ष र सामानुपातिक दुवैतर्फका उम्मेदवारहरुको उम्मेदवारी दर्ता भएको हो । त्रिभुवन बहुमुखी क्याम्पसमा चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि प्रत्यक्षतर्फ कुल ३७ जनाकाे उम्मेदवारी परेकाे हाे । यस्तै समानुपातिक तर्फ ३० जनाकाे बन्दसूचीमा नामावली प्रकाशन गरिएकाे छ ।

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नेविसंघबाट स्ववियु सचिवका लागि सुशिल बस्याल र काेषाध्यक्षमा मिस्मा रानाले उम्मेदवारी दर्ता गरेका छन् । अनेरास्ववियुका तर्फबाट सचिवमा दिपेश ज्ञवाली र काेषाध्यक्षमा इन्दु गाहाले उम्मेदवारी दर्ता गराउँदा अनेरास्ववियु क्रान्तिकारीका तर्फबाट सचिवमा विपिन पंगेनी र काेषाध्यक्षमा गंगादेवी बाह्रघरेकाे उम्मेदवारी दर्ता भएकाे छ । अनेरास्ववियू, स्वतन्त्रबाट काेषाध्यक्षमा नविन घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

केन्द्रीय समितिका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले ६२ आंगिकमध्ये ५० भन्दा बढी क्याम्पसमा उम्मेदवारी दर्ता शान्तिपूर्ण तरिकाले भएको बताए । ।

स्ववियु निर्वाचनमा उम्मेदवार बन्न २८ वर्ष नपुगेको उमेरको हद तोकिएको छ । स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने उपाध्यक्ष, सहसचिव र केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन् । क्याम्पसमा रहेका विद्यार्थी मतदाताको संख्याका आधारमा स्ववियुको कार्यसमितिको संख्या कायम हुने व्यवस्था गरिएको छ । निर्वाचनका लागि त्रिविले आचारसंहितासमेत जारी गरेको छ । क्याम्पस हाताभित्र भित्ते लेखन, माइक प्रयोग, तुल फ्लेक्स तथा पोस्टर टाँस्न निषेध गरिएको आचारसंहितामा उल्लेख छ । घोषणापत्र र उम्मेदवारको नामवली पर्चा भने एकै रङ र साइजको कागजमा प्रचारप्रसार गर्न पाइने व्यवस्था गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय