
निस्दी गाउँपालिका–३, झिरुबास पाल्पाकाे एक घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको स्थानीय पुनाराम सुनारीले जानकारी दिए ।
शनिबार मध्याह्न १२ बजेतिर खरले छाएको घरमा एक्कासी आगलागी भएको हो । क्याङ्रुङ्का श्यामबहादुर पल्लीको घर जलेर पूरै नष्ट भएको छ । बालिकालाई सुताई घरका परिवार नजिकै बारीमा काम गर्न गएको अवस्थामा बालिकाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । मृतक बालिकाको शव पोष्टमार्टमको लागि रामपुर अस्पतालमा पठाईएको छ । शनिबार सवा १२ बजेतिर खरले छाएको घरमा एक्कासी आगलागी भएको थियो । गोठमा गाईबस्तुलाई कुडो पकाउन सल्काएको आगो सल्किन गई आगलागी भएको प्रहरीले जनाएको छ । आगालागीबाट बालिकाको ज्यान जानुुको साथै गोठमा रहेका बाख्रा, भैसी समेत जलेर मरेका छन् ।



घरमा लागेको आगो स्थानीय र प्रहरी मिलेर नियन्त्रण लिएको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।