latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

निस्दी गाउँपालिका–३, झिरुबास पाल्पाकाे एक घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको स्थानीय पुनाराम सुनारीले जानकारी दिए ।

शनिबार मध्याह्न १२ बजेतिर खरले छाएको घरमा एक्कासी आगलागी भएको हो । क्याङ्रुङ्का श्यामबहादुर पल्लीको घर जलेर पूरै नष्ट भएको छ । बालिकालाई सुताई घरका परिवार नजिकै बारीमा काम गर्न गएको अवस्थामा बालिकाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । मृतक बालिकाको शव पोष्टमार्टमको लागि रामपुर अस्पतालमा पठाईएको छ । शनिबार  सवा १२ बजेतिर खरले छाएको घरमा एक्कासी आगलागी भएको थियो । गोठमा गाईबस्तुलाई कुडो पकाउन सल्काएको आगो सल्किन गई आगलागी भएको  प्रहरीले जनाएको छ । आगालागीबाट बालिकाको ज्यान जानुुको साथै गोठमा रहेका बाख्रा, भैसी समेत जलेर मरेका छन् ।

मृतक बालिकासहित घरमा दुई छोराहरू रहेका थिए । आगलागीबाट घरमा भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै नष्ट भएको वडाध्यक्ष नवीन्द्र सोतीथापाले बताए । परिवारका अभिभावकहरु ससाना केटाकेटीलाई मात्रै घरमा छोडेर दिउँसोको काममा गएको बेला आगो लागेको स्थानीय वडा सदस्य यामप्रसाद झेडीले बताए ।

घरमा लागेको आगो स्थानीय र प्रहरी मिलेर नियन्त्रण लिएको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय