latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, १ चैत्र

उपप्रधान तथा शहरी बिकासमन्त्री प्रकाशमान सिंहले गणतन्त्रले दिएका अधिकारको गलत प्रयोग भएको बताउनुभएको छ । आज पाल्पाको सदरमुकाम तानसेनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकार लिदै गर्दा आफुले पूरा गर्नुपर्ने कर्तब्य र जिम्मेबारी पूरा गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले प्राप्त अधिकारलाई संबेदनसिल भएर जोगाई राख्नुपर्ने धारणा राख्नुभयो ।

“लोकतन्त्रले दिएको सवल पक्षलाई पन्छाएर नकारात्मक कुराको मात्र प्रचार भयो ।” उहाँले भन्नुभयो । नेपाली नागरिकहरुको गुमेको अधिकार नेपाली काँग्रेसका पूर्ब नेताहरुले फर्किएको बताउदै नागरिकलाई अधिकार कसैले किस्तिमा राखेर नदिएको उल्लेख गर्दै ठूलो त्याग र तपस्याले अधिकार प्राप्त भएको बताउनुभयो । उहाँले लोकतन्त्रले दिएका सकारात्मक पक्षहरुको प्रचार नभएको गुनासो गर्नुभयो ।

उहाँले नेपालका बिभिन्न ठूला आन्दोलन कांग्रेसको नेतृत्वमा भएको बताउदै, नेपालको संबिधान जारी गर्न कांग्रेसले नै नेतृत्व गर्नुपरेको स्मरण गर्नुभयो । उहाँले देशका सबै आन्दोलनको काँग्रेसले नै नेतृत्व गर्ने भएकाले सबै पार्टीपंतिलाई अग्रभागमा रहेर नेतृत्व लिन आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले पछिल्लो समय चाहिदो नचाहिदो प्रचारबाजीले समाजमा सहि सन्देश नजाने बताउनुभयो । राजनैतिक स्थिरता नभई देश समृद्ध बन्न नसक्ने भएकाले राजनैतिक स्थिरताका लागि एमाले र काँग्रेसको सरकार बनेको उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय