
पाल्पा, १ चैत्र
उपप्रधान तथा शहरी बिकासमन्त्री प्रकाशमान सिंहले गणतन्त्रले दिएका अधिकारको गलत प्रयोग भएको बताउनुभएको छ । आज पाल्पाको सदरमुकाम तानसेनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकार लिदै गर्दा आफुले पूरा गर्नुपर्ने कर्तब्य र जिम्मेबारी पूरा गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले प्राप्त अधिकारलाई संबेदनसिल भएर जोगाई राख्नुपर्ने धारणा राख्नुभयो ।



“लोकतन्त्रले दिएको सवल पक्षलाई पन्छाएर नकारात्मक कुराको मात्र प्रचार भयो ।” उहाँले भन्नुभयो । नेपाली नागरिकहरुको गुमेको अधिकार नेपाली काँग्रेसका पूर्ब नेताहरुले फर्किएको बताउदै नागरिकलाई अधिकार कसैले किस्तिमा राखेर नदिएको उल्लेख गर्दै ठूलो त्याग र तपस्याले अधिकार प्राप्त भएको बताउनुभयो । उहाँले लोकतन्त्रले दिएका सकारात्मक पक्षहरुको प्रचार नभएको गुनासो गर्नुभयो ।
उहाँले नेपालका बिभिन्न ठूला आन्दोलन कांग्रेसको नेतृत्वमा भएको बताउदै, नेपालको संबिधान जारी गर्न कांग्रेसले नै नेतृत्व गर्नुपरेको स्मरण गर्नुभयो । उहाँले देशका सबै आन्दोलनको काँग्रेसले नै नेतृत्व गर्ने भएकाले सबै पार्टीपंतिलाई अग्रभागमा रहेर नेतृत्व लिन आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले पछिल्लो समय चाहिदो नचाहिदो प्रचारबाजीले समाजमा सहि सन्देश नजाने बताउनुभयो । राजनैतिक स्थिरता नभई देश समृद्ध बन्न नसक्ने भएकाले राजनैतिक स्थिरताका लागि एमाले र काँग्रेसको सरकार बनेको उल्लेख गर्नुभयो ।