
कसम मल्ल ठकुरी
स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचन नेपालका विश्वविद्यालय तथा क्याम्पसहरूमा हुने एउटा महत्वपूर्ण लोकतान्त्रिक चुनावी अभ्यास हो । यस निर्वाचनमार्फत विद्यार्थीहरूले अध्ययनरत क्याम्पसमा आफ्नो प्रतिनिधि चयन गर्ने गर्दछन् । स्ववियु निर्वाचन विद्यार्थीहरूको हकहितको रक्षा एवं पैरवी, प्रशासनको अनियमितता विरुद्ध प्रतिरोध, शैक्षिक नीतिमा सुधारका लागि दबाब साथै विद्यार्थीहरूको नेतृत्व विकास गर्ने अवसर र मञ्चको रूपमा रहँदै आएको सर्वविदित नै छ । तथापी देशको परिवर्तनको मुख्य संवाहकको रुपमा रहेको विद्यार्थी संगठन र विद्यार्थी युनियन पछिल्लो समय केही अल्मलिएको केही सुस्ताएको जस्तो देखिन्छ । विश्वविद्यालय, क्याम्पसमा हुने फ्रीशिप र कमिसनको भागबंण्डा र विद्यार्थीहरुका फारम भर्ने काम साथै राजनैतिक पार्टिको भातृसङ्ठनको रुपमा चुनाव मात्रै केन्द्रित हुँदा आफ्नो नेतृत्वलाई संकुचनमा राखेको आभास हुन्छ ।
फरक प्रसँगमा २००३ सालमा त्रिचन्द्र कलेजबाट सुरु भएको सांगठित विद्यार्थी आन्दोलन अब २०८१ मा आईपुग्दा नयाँ कोणबाट बहस हुनु जरुरी छ । बदलिदो विश्व परिबेशमा हाम्रा विश्वविद्यालय र क्याम्पस सर्टिफिकेटलाई भ्यालिड गर्ने निकाय मात्रै बन्न होईन अन्तरर्राष्ट्रिय रुपमै प्रतिस्पर्धात्मक जनशक्ती उत्पादक केन्द्रको रुपमा विकास हुन आवश्यक छ । जुन मुद्दा यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा होमिने विद्यार्थी सङ्ठन र उम्मेद्वारको हुन पर्दछ । म एक उम्मेद्वार हुनुको नाताले अबको स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी सङ्ठनले तय गर्नु पर्ने बाटोको विषयमा छोटकरीमा उल्लेख गर्ने जमर्को गरेको छु ।



वर्तमान परिप्रेक्ष्यमा विद्यार्थी संगठनको प्राथमिकताका क्षेत्रहरुः
विद्यार्थी युनियन ÷सङ्ठनले विश्वविद्यालयमा मात्र सीमित नभई वर्तमान, भूतपूर्व, र भावी विद्यार्थीहरूलाई लक्षित गर्दै दीर्घकालीन दृष्टिकोणले काम गर्नुपर्छ । यसको उद्देश्य शिक्षा, अनुसन्धान, नवप्रवर्तन, र समावेशी बौद्धिक प्रवद्र्धन गर्नु हो । विद्यार्थी युनियनको निर्वाचन सन्दर्भमा विद्यार्थी सङ्ठनले निम्न कार्यहरू प्राथमिकताका साथ अगाडि बढाउनु आवश्यक छ !
१. उच्चस्तरीय शिक्षा र डेटामा आधारित सुधार ।
–गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखी विश्वविद्यालयको पाठ्यक्रमलाई अनुसन्धान र प्रविधिसँग समायोजन गर्न पहल गर्नुपर्छ ।
–प्रत्येक विद्यार्थीको आवश्यकता अनुसार व्यक्तिगत (personalized) सिकाइको सुविधा दिने नीति निर्माणमा दबाब सिर्जना गर्नुपर्छ ।
२. विश्वविद्यालयलाई जीवनभरको साझेदार बनाउने अभियान
–विश्वविद्यालय केवल अध्ययन सकिएपछि टाढिने संस्था होइन; यसलाई जीवनभर सहयोगी (high–touch partner for life) बनाउने परिकल्पनालाई विद्यार्थी युनियनको मुख्य मुद्दा बनाउनुपर्छ ।
–पूर्वविद्यार्थी (alumni) नेटवर्कलाई बलियो बनाउन, उनीहरूको ज्ञान, सीप, र अनुभव हालका विद्यार्थीलाई हस्तान्तरण गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन पहल गर्नुपर्छ ।
–क्याम्पसलाई सिर्जनात्मक तथा बौद्धिक छलफलको केन्द्र (hub for discussions & ideas) बनाउने योजनामा ध्यान दिनुपर्छ ।
३. सार्वजनिक र निजी क्षेत्रसँग सहकार्य तथा उद्यमशीलता प्रवद्र्धन
–विश्वबिद्यालय ,क्याम्पसभित्रै नवप्रवर्तन( incubation centers) र अनुसन्धानको वातावरण सिर्जना गर्न पहल गर्नुपर्छ ।
–विद्यार्थीहरूको नयाँ विचारलाई क्राउडफण्डिङ (crowdsourcing ) वा अनुदान (grants) मार्फत वित्तीय सहयोगको वातावरण तयार पार्नुपर्छ ।
–अनौपचारिक सिकाइ (informal learning) लाई औपचारिक मान्यता दिने अभियान अगाडि बढाउनुपर्छ, जसले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्नेछ ।
४. सहज पहुँचयोग्य (byte–sized) र समावेशी शिक्षाको सुनिश्चितता
–डिजिटल प्लेटफर्महरू प्रयोग गरी अनलाइन तथा बाइट–साइज्ड (दथतभ–कष्शभम) शिक्षण कार्यक्रमहरू विश्वविद्यालयस्तरबाटै लागू गराउन पहल गर्नुपर्छ ।
–आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्ति, ऋण, वा अन्य सहयोग प्रणालीको पहुँच विस्तार गर्न पहल गर्नुपर्छ ।
–विश्वविद्यालयलाई भौतिक पहुँच (accessible infrastructure) का दृष्टिले समावेशी बनाउने अभियान सञ्चालन गर्नुपर्छ ।
५. समृद्ध पुस्तकालय र अन्तर्राष्ट्रिय सम्पर्क
–विश्वविद्यालयलाई विविध ज्ञानको केन्द्र बनाउन पुस्तकालयको सामग्रीलाई स्थानीय, क्षेत्रीय, र अन्तर्राष्ट्रिय स्तरमा समृद्ध तुल्याउनु आवश्यक छ ।
–शान्ति, विविधता, दर्शन, धर्म, र प्रविधिसम्बन्धी ठूला अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रमहरू आयोजना गरी विश्वस्तरीय छलफलको वातावरण सिर्जना गर्नुपर्नेछ ।
–विद्यार्थीहरूको अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक आदानप्रदानका अवसरहरू वृद्धि गर्न पहल गर्नुपर्छ।
निष्कर्ष
समय सापेक्षअनुसार पाठ्य पुस्तकहरु नबनाइनु, नयाँ नयाँ शैक्षिक कार्यक्रमहरू आउन नसक्नु, प्राध्यापक, कर्मचारी तथा शिक्षकहरूको स्तर खस्कँदै जानु मुख्य समस्या हो । तसर्थ विद्यार्थी युनियनको निर्वाचन केवल पदाधिकारी चयनलाई मात्र प्राथामिकतामा नराखी शिक्षाको गुणस्तर सुधार, नवप्रवर्तन प्रवद्र्धन, अन्तर्राष्ट्रिय सम्पर्क विस्तार, समावेशी र प्रविधि–मैत्री शिक्षालाई प्राथमिकतामा राखी विद्यार्थीहरूलाई लामो समयसम्म लाभ दिने नीति निर्माणमा केन्द्रित हुनुपर्छ । यसले विश्वविद्यालय र विद्यार्थीहरूको समग्र भविष्य निर्धारण गर्ने महत्वपूर्ण अबसर प्रदान गर्दछ ।
( लेखक नेपाल विद्यार्थी संघको तर्फबाट शहिद बहुमुखी क्याम्पस रामपुर, पाल्पाको स्व. बि. यु. सभापति पदका उम्मेद्ववार समेत हुन् )