latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

प्रधानमन्त्री केपि शर्ला ओलीले बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्नुभएकाे छ ।

भर्चुअल रूपमा भवनकाे उद्घाटन गर्दै प्रधानमन्त्री अाेलीले पाल्पा घरेलु तथा कुटिर उद्योगको लागि प्रख्यात रहेकाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन घरेलु कुटिर उद्योग र कृषिमा जोडदिन स्थानीय सरकारलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले “यस प्रशासकीय भवनले एउटा प्रशासकीय भवन नयाँ बन्यो मात्रै होइन जनतालाई नयाँ अनुभूति हुने गरि विकासका लागि मार्गदर्शक हुने सेवा प्रवाह अगाडी बढोस् ” भन्ने शुभकामना ब्यक्त गर्नुभयो । प्रधानमन्त्रीले पाल्पा राष्ट्रियता जोगाउने सन्दर्भमा पनि अगाडी रहेकाले त्यो भावना अटल रहोस् भन्दै शुभकामना दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका उप प्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले गाउँपालिकाले दिने सेवा प्रवाह सहज हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले संविधानको   एकात्मक व्यवस्था अन्त्य गरि संधात्मक व्यवस्था कार्यान्वयन गर्न सबै स्थानीय तहलाई सुविधा सम्पन्न गराउनको लागि ६०/४० को अवधारणा अनुसार कार्यान्वयन गरेको बताउनुभयो ।

त्यस्तै उद्घाटन समारोह कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले पाल्पाको विकासको सवालमा नेपाल सरकार जानकार रहेको बताउनुभयो । उहाँले सिद्धार्थ राजमार्गको स्तरउन्नती हुने बताउँदै कालिगण्डकी ड्राईभर्सन गर्ने योजनाले पनि पाल्पाको विकासमा टेवा पुग्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले कालिगण्डकी कोरिडोर निमार्णले पाल्पालाई आर्थिक रुपमा योगदान पुर्याएको बताउँदै सरकारले आवश्यकता भएर अध्यादेश ल्याएको बताउनुभयो उहाँले उक्त अध्यादेशले अनेकौँ अवरोधहरू हटाउँदै देशमा लगानी र उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।

बगनासकाली गाउँपालिकाको भवन निर्माणको जिम्मा पाएको न्यू ड्रयागन आर एण्ड आ जेभीले २०७८ फागुन ८ गते निर्माण सुरुगरि २०८० फागुन २ गते निमार्ण सम्पन्न गरेको बगनासकाली गाउँपालिकाको नवनिर्मित ४ तले भवनमा १९ वटा कोठा रहेका छन् । भवन निमार्ण सम्पन्न गर्नकालागि भ्याटबाहेक ५ करोड ६७ लाख ४९ हजार १४७ रुपैयाँ लगानी लागेको छ । जसमा स्थानीय सरकारको ४० प्रतिशत र सङ्घीय सरकारको ६० प्रतिशत हिस्सा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय