latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

कपिल देवकोटा

बैशाख ६ पाल्पा

सुर्तीजन्य पदार्थ काे प्रयाेग नियन्त्रण गर्न बनाइएको कानुनको प्रभावकारी कार्यान्वयनका लागि बहुपक्षीय अन्तरक्रिया कार्यक्रम पूर्वखाेलामा सम्पन्न भएको छ । पूर्वखाेला गाउँपालिका काे अायाेजना तथा सञ्जीबनी हेल्थ मिडिया प्रा ली काे सह अायाेजनामा पूर्वखाेला ३ उद्बुद्व कलेजकाे हलमा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा भक्त बहादुर के सी सुर्तीजन्य पदार्थ नियन्त्रण का प्रमुख अभियान्ता एक्सन नेपाल का अानन्द बहादुर चन्द ले सुर्तीजन्य पदार्थकाे प्रयाेगबाट मानव स्वास्थ्य मा पर्ने असर , यसकाे न्यूनीकरण गर्न अपनाउन सकिने उपाय यस सम्बन्धि तथ्यांक लगायतका विषयमा सहजीकरण गर्नुभयो । स्वास्थ्य मन्त्रालयकाे तथ्यांक अनुसार नेपालमा वार्षिक ३९२०० मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेकाे र यसकाे प्रयाेगबाट लुम्बिनीको प्रदेशमा सबैभन्दा बढी मानिसको मृत्यु हुनेगरेकाे पाईन्छ । उक्त कार्यक्रममा पूर्वखाेला गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख माेहन ढकालले स्वागत मन्तव्य संगै गाउँपालिकाकाे स्वास्थ्य सम्बन्धि तथ्यांक प्रस्तुत गर्नुभयाे । यस गाउँपालिकाले २०८१ पुस २६ गतेकाे गाउँ कार्यपालिका बैठक बसि सुर्तीजन्य पदार्थ काे नियन्त्रण गर्ने कानुन बनाई गाउँ सभाबाट समेत पास गरेकाे छ। साथै याे गाउँपालिका नेपालमै पहिलो पटक सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कानुन बनाउने पहिलो स्थानीय तहकाे रूपमा समेत स्थापित भएको छ । प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले पानसमा बत्ती बालेर र व्यानर वाचन गरि कार्यक्रमकाे उद्घाटन गर्नुभयाे , साथै उहाँले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न गाउँपालिकाले कानुन बनाईसकेकाे र यसकाे कार्यान्वयनमा सबै पक्षकाे साथ र सहयोग लिएर अघि बढ्ने कुराका जाेड दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराई ,माथागढी गाउँपालिका अध्यक्ष याम बहादुर चिदि , रम्भा ५ का वडाध्यक्ष खुमकान्त बश्याल , उद्बुद्व कलेज प्रमुख हरि प्रसाद न्याैपाने , शिक्षक महासंघ पूर्वखाेलाका अध्यक्ष रमेश चन्द्र न्याैपाने , विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी , विभिन्न वडाका जनप्रतिनिधिहरू , विभिन्न स्वास्थ्य चाैकीका प्रमुख तथा स्वास्थ्यकर्मीहरू , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी , ईलाका प्रहरी कार्यालय पूर्वखाेलाका प्रमुख , पत्रकार , नागरिक समाज , बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियाे । कार्यक्रममा उपस्थितहरूलाई ५ समुहमा विभाजन गरि समूह छलफल गराइ गाउँपालिकाले बनाएकाे कानुनको प्रभावकारी कार्यान्वयनका लागि कार्य याेजना बनाई विभिन्न समुहबाट सुझाव संकलन गरि ११ बुदे प्रतिबद्वतामा सम्पूर्ण काे हस्ताक्षर गराईएकाे थियाे । उक्त कार्यक्रमकाे संचालन सञ्जीवनी हेल्थ मिडिया प्रा ली का सम्पादक राम प्रसाद न्याैपानेले गर्नुभएको थियो भने कार्यक्रम गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकोमा थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय