पाल्पा जिल्लाको सिद्धार्थ राजमार्गको तिनाउ ३ दोभान क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सभालाइ सम्बाेधन गर्दै सुरूङमार्ग ‘ब्रेक थ्रु’ गर्नुभएकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबा सुरुङ्गमार्ग समयमै’ ‘ब्रेक थ्रु’ भएको र बाँकी काम पनि समयमै सम्पन्न हुने बताउनुभएको छ । शुक्रबार अनलाइन माध्यमबाट ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री ओली सुरुङ्गमार्ग निर्माणले नेपाल पिछडिएकाे देशबाट विकासशील देशतर्फ अग्रसर भएकाे देखाएकाे बताउनुभयाे ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो ।  प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिइ आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिनुभयो । यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनुछ ।”

उपप्रधानद्वय तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंह र अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलकाे भाैतिक उपस्थितिमा सुरुङमार्ग ‘ब्रेक थ्रु’ गरिएको हाे । सिद्दार्थ राजमार्गकाे सुरूङकाे विशेष महत्व रहेकाे र ऐतिहासिक काम समयमै सम्पन्न गर्ने क्रममा रहेकाे बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सफलतातर्फ उन्नुख भएकाे बताउनुभयाे । उहाँले सरकार स्थीरता र स्थायित्वकाे काम गर्दै छ । संयुक्त सरकारले ध्यान दिएर देशमा शीघ्र विकास गर्न लागिपरेकाे छ । जनतालाइ सहज सेवा सुविधा कसरी पुर्याउन सकिन्छ । हामी बनाउँछाैं हाम्राे देश । हामी अरूकाे सहयाेग लिन सक्छाैं । देशलाइ फाइदा हुने शीघ्र विकास हुने काम भैरहेका छन् । देशमा युवा जनशक्तिकाे खाँचाे छ । प्रधानमन्त्री ओलीले  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।

सुरुङमार्ग छिचोल्ने काम अन्तिम चरणमा पुगे पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्ने भएकाले सवारी गुडाउन एक वर्ष अझै लाग्ने आयोजनाले जनाएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकमा शिघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरुको पनि सहयोग लिन्छौ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरु यसैतर्फ केन्द्रित छन् ।” कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी हुनुहुन्थ्यो

भित्तामा कङ्क्रेटिङ गर्ने, वाटर प्रुफिङ, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ्ग, लाइटिङ, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम गर्न बाँकी छ । यो आयोजना २०७८ फागुनमा २५ गते

५ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर(भ्याट) सहित लागतमा बनाउने ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का शर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात् २०८३ चैत

८ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यो सुरुङमार्ग २०८० पुसदेखि खन्ने काम सुरु गरिएको थियो । सम्झौताअनुसार यो सुरुङमार्ग अब १४ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने छ ।

सम्बन्धित समाचार

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ माघ ११ मा प्रधानमन्त्री ओलीले पूजाआजा गरी गरिने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय