
सुशीला रेग्मी
रामपुर (पाल्पा), जेठ
नमस्ते रामपुर यातायात प्रालीले एसीसहितको सुबिधा सम्पन्न कालीगण्डकी बस सेवा सञ्चालनमा ल्याएको छ । लामो दुरीको यात्रा गर्ने यात्रुलाई मध्यनजर गर्दै रामपुर काठमाडौंका लागि आजबाट सुबिधा सम्पन्न एसीसहितको बस सेवा सञ्चालन गरेको हो ।
आज विहान रामपुर बसपार्कमा यात्रु तथा बस चालक, सह–चालकलाई टिका र खादा लगाएर नयाँ बस सेवाको शुभारम्भ गर्दै सुखद यात्राको कामना गरेको नमस्ते रामपुर यातायात प्रालीले जनाएको छ ।
चालक रामप्रसाद थापाको नेतृत्वमा नमस्ते रामपुर यातायात प्रालीले कालीगण्डकी एसीसहितको सुबिधा सम्पन्न बस रामपुरबाट यात्रु लिएर काठमाडौं प्रस्थान गरेको हो ।
नमस्ते रामपुर यातायात प्रालीका अध्यक्ष राजन पोखरेल, प्रालीका सञ्चालक समिति, कर्मचारी लगायतले टिका, खादा लगाएर नयाँ बस सेवाको शुभारम्भ गरेका हुन् । कालीगण्डकीवेशी क्षेत्रका नागरिकलाई सुलभ रुपमा आरामदायी सेवा दिने उद्धेश्यले नमस्ते रामपुर यातायात प्रालीले सुबिधासम्पन्न बस सेवाको सुरुवात गरेको अध्यक्ष पोखरेलले बताए ।
“प्रालीमार्फत हाललाई कालीगण्डकी नामक एसीसहितको तीनवटा बस सञ्चालनमा ल्याएका छौँ” अध्यक्ष पोखरेलले भने,–“यस क्षेत्रका यात्रु महानुभावलाई मध्यनजर गर्दै यात्रुको आवश्यकता र माग अनुसार अन्य बस सेवा पनि क्रमिक रुपमा थप गर्दै जानेछौँ, हाम्रो सेवा नै यात्रुलाई राम्रोसंग सेवा दिनु हो” ।
नयाँ बसमा फ्रि वाईफाई, सिसि क्यामेरा लगायतका विभिन्न अत्याधुनिक सेवा सुबिधा रहेको छ । प्रालीले ल्याएको तीनवटा बस रामपुर काठमाडौंका लागि दिवा सेवाका रुपमा सञ्चालन हुनेछन् ।
आज पहिलो दिन कालीगण्डकी करिडोर सडकमार्ग हुँदै नारायणघाट देखि काठमाडौंका लागि नयाँ बस सेवा सुरु गरेको नमस्ते रामपुर यातायात प्रालीका व्यवस्थापक भेषराज पोखरेलले जानकारी दिनुभयो । नयाँ बसमा यात्रा गर्न पाउँदा यात्रुहरु खुशी मुद्रामा देखिन्थे ।
यातायात प्रालीले अग्रिम टिकट बुकिङका लागि यात्रुलाई सहज बनाउन कालीगण्डकीवेशी क्षेत्रका विभिन्न स्थानमा टिकट काउन्टर सम्पर्क स्थान तथा व्यक्तिको व्यवस्था गरेको छ ।



रम्भा गाउँपालिका–१ स्थित हुँगी काउन्टरमा पदमराज पाठक (९८५६०३७२२९), रामपुर नगरपालिका–१० स्थित बर्दले टिकट बुकिङ काउन्टरमा गोबिन्द श्रेष्ठ (९८५०८३६१०), रामपुर–६ विजयपुरमा लक्ष्मण शाही ९७४८८२०३९७, रामपुर बसपार्कमा रोशन थापा (९८४७२२६६७७ र ९८५७०६८४०३), श्याम मल्ल (९८५७०६८७१३), नारायण रेग्मी (९८६४५६९१०९) दामोदर भण्डारी (९८४७०९०७६६) रहेका छन् ।
यस्तै नवलपुरस्थित बौदिकाली गाउँपालिकाको डेढगाउँमा टंकबहादुर पुलामी (९८२४१२५३४९), काठमाडौं टिकट बुकिङ काउन्टरका लागि हरिप्रसाद गौतम ः (९८६०१६९३२५), अर्जुन खत्री (९८५१२००१९०) लाई टिकट बुकिङको जिम्मेवारी दिइएको छ ।
प्रालीका सेवाबारे जानकारी लिनु परेमा बस क्यु सयोजक रामप्रसाद थापा (लाहुरे ९८४७१७५२८५) तथा प्रालिको प्रधान कार्यालय रामपुर पाल्पामा (०७५ – ४००४०३) सम्पर्क गर्न सकिनेछ । प्रालीले रामपुर देखि काठमाडौं, बुटवल, पोखरा, नारायणघाट, कावासोती, तानसेन लगायतका विभिन्न स्थानमा सेवा दिदै आइरहेको छ ।