latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

१३ ओैं पाल्पा महोत्सव २०८० तानसेन नगरपालिका वडा नं. ६ टुँडिखेलमा हुने भएकाे छ । वैशाख १४ गतेदेखि २४ गतेसम्म पाल्पा व्यापार महोत्सव २०८० हुने भएको हाे ।

पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा बैशाख १४ गतेदेखी २४ गतेसम्म सञ्चालन हुने महोत्सव यस अगाडी बाँसटारीमा हुने कार्यक्रम तय भएकाे थियाे । तानसेन नगरपालिकाले दुवाे संरक्षण गर्ने गरि पाल्पा उद्याेग वाणिज्य संघलाइ महाेत्सवका लागि अनुमति दिएसँगै महाेत्सव टुँडिखेलमा गर्न लागिएकाे पाल्पा उद्याेग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराइले बताए । नगरपालिकाले राेपेकाे दुवाे संरक्षणका लागि बारबन्देज गरेर संरक्षण गरि टुँडिखेलकाे साैन्दर्यता नबिगारी महोत्सव गर्न लागि मूल आयोजक समितिका संयोजक सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउँदै जिल्लाको आन्तरिक उत्पादन कृषिजन्य बस्तु, करुवा, ढाका, दुग्धजन्य बस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताए ।

तानसेनकाे टुँडिखेलमा राेपिएकाे दुवाे संरक्षण गर्नका लागि अावश्यक व्यवस्था मिलाइने प्रचारप्रसार समितिका संयोजक विदुर घिमिरेले बताए । उनी भन्छन्, महाेत्सवमा पाल्पाको लोपोन्मुख कला संस्कृतिको संरक्षण गर्न तथा कोरोना तथा अन्य कारणले ठप्पजस्तै रहेको व्यापार व्यवसायमा चहलपहल ल्याउन पनि टुँडिखेलमा गर्ने महोत्सवले सहयोग गर्ने विश्वास छ । विगतभन्दा फरक स्थानमा मेला गर्न लागिएकाले यसबाट ग्रामीण क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएकाे बताइएकाे छ ।

मेलाबाट नाफा भएको रकम जिल्लाको पर्यटन विकास गर्न र सङ्घको गोर्खेकोटमा बनेको भवन निर्माणका लागि खर्च हुने याेजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय