latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

१३ ओैं पाल्पा महोत्सव २०८० तानसेन नगरपालिका वडा नं. ६ टुँडिखेलमा हुने भएकाे छ । वैशाख १४ गतेदेखि २४ गतेसम्म पाल्पा व्यापार महोत्सव २०८० हुने भएको हाे ।

पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा बैशाख १४ गतेदेखी २४ गतेसम्म सञ्चालन हुने महोत्सव यस अगाडी बाँसटारीमा हुने कार्यक्रम तय भएकाे थियाे । तानसेन नगरपालिकाले दुवाे संरक्षण गर्ने गरि पाल्पा उद्याेग वाणिज्य संघलाइ महाेत्सवका लागि अनुमति दिएसँगै महाेत्सव टुँडिखेलमा गर्न लागिएकाे पाल्पा उद्याेग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराइले बताए । नगरपालिकाले राेपेकाे दुवाे संरक्षणका लागि बारबन्देज गरेर संरक्षण गरि टुँडिखेलकाे साैन्दर्यता नबिगारी महोत्सव गर्न लागि मूल आयोजक समितिका संयोजक सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउँदै जिल्लाको आन्तरिक उत्पादन कृषिजन्य बस्तु, करुवा, ढाका, दुग्धजन्य बस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताए ।

तानसेनकाे टुँडिखेलमा राेपिएकाे दुवाे संरक्षण गर्नका लागि अावश्यक व्यवस्था मिलाइने प्रचारप्रसार समितिका संयोजक विदुर घिमिरेले बताए । उनी भन्छन्, महाेत्सवमा पाल्पाको लोपोन्मुख कला संस्कृतिको संरक्षण गर्न तथा कोरोना तथा अन्य कारणले ठप्पजस्तै रहेको व्यापार व्यवसायमा चहलपहल ल्याउन पनि टुँडिखेलमा गर्ने महोत्सवले सहयोग गर्ने विश्वास छ । विगतभन्दा फरक स्थानमा मेला गर्न लागिएकाले यसबाट ग्रामीण क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएकाे बताइएकाे छ ।

मेलाबाट नाफा भएको रकम जिल्लाको पर्यटन विकास गर्न र सङ्घको गोर्खेकोटमा बनेको भवन निर्माणका लागि खर्च हुने याेजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय