latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३
messenger sharing button
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका छन् ।

कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले शनिबार सिन्धुपाल्चोकको सुनकोशीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले नागरिकको उपचारको व्यवस्था गर्ने दायित्व सरकारको भएको भन्दै स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका हुन् । उनले स्वास्थ्य बिमा रकम केही घटेको भन्दै आगामी बजेटमा यसलाई बढाउन पहल गर्ने बताए ।

मन्त्री बस्नेतले देशभरका अस्पतालको अवस्थाका बारेमा अध्ययन गर्दै उचित पूर्वाधार निर्माण गर्न ध्यान केन्द्रित गर्ने जिकिर गरे । उनले यसै वर्षदेखि मुलुकमा मल स्थापना गर्नका लागि पनि आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने बताए । मन्त्री बस्नेतले सबै मिलेर देशमा लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए ।

कांग्रेस नेता समेत रहेका बस्नेतले कांग्रेसलाई एक ढिक्का बनाएर मुलुकमा देखिएका चुनौतीकाे सामना गर्न तयार हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय