शुक्रबार , बैसाख १४, २०८१
messenger sharing button
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका छन् ।

कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले शनिबार सिन्धुपाल्चोकको सुनकोशीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले नागरिकको उपचारको व्यवस्था गर्ने दायित्व सरकारको भएको भन्दै स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका हुन् । उनले स्वास्थ्य बिमा रकम केही घटेको भन्दै आगामी बजेटमा यसलाई बढाउन पहल गर्ने बताए ।

मन्त्री बस्नेतले देशभरका अस्पतालको अवस्थाका बारेमा अध्ययन गर्दै उचित पूर्वाधार निर्माण गर्न ध्यान केन्द्रित गर्ने जिकिर गरे । उनले यसै वर्षदेखि मुलुकमा मल स्थापना गर्नका लागि पनि आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने बताए । मन्त्री बस्नेतले सबै मिलेर देशमा लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए ।

कांग्रेस नेता समेत रहेका बस्नेतले कांग्रेसलाई एक ढिक्का बनाएर मुलुकमा देखिएका चुनौतीकाे सामना गर्न तयार हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय