पाल्पा, वैशाख १२

पाल्पा जिल्लाका १० वटै स्थानीय सरकरका नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएकाे छ । जिल्लाका सबै स्थानीय तहले पुरानै शैलीमा बजेट सार्वजनिक गरेका हुन् । नागरिकहरूले जिल्लाका स्थानीय सरकारबाट नयाँ नयाँ कार्यक्रमहरूकाे अपेक्षा गरेता पनि सबै परम्परागत शैलीका बजेट सार्वजनिक भएका हुन् ।

तानसेन नगरपालिकाः 

तानसेन नगरपालिका पाल्पाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ७६ करोड ७६ लाख २० हजार बराबरको बजेट सार्वजनिक गरेकाे छ ।  १५ औं नगरसभाकाे पहिलो बैठकमा बजेट नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले प्रस्तुत गरेकी हुन् । साे बैठकमा नीति तथा कार्यक्रम नगरप्रमुख सन्तोषलाल श्रेष्ठले प्रस्तुत गरेका थिए । तानसेनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि वित्तीय व्यवस्था समेत चालुखर्चतर्फ ८४ करोड ७७ लाख ७ हजार अर्थात् ४७.९६ प्रतिशत र पुँजीगत खर्चतर्फ ९१ करोड ९९ लाख १३ हजार अर्थात् ५२.४ प्रतिशत रहेको छ ।

 

रामपुर नगरपालिकाः

रामपुर नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि ७३ करोड ८५ लाख ४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि चालूतर्फ ५६ करोड ३१ लाख ४४ हजार र पुँजीगततर्फ १७ करोड ५३ लाख ६० हजार विनियोजन गरेको छ । नगर सभाको १५ औं अधिवेशनको पहिलो बैठकमा उपप्रमुख बालकुमारी थापाले बजेट सार्वजनिक गरेकी हुन् । सोही बैठकमा नगर प्रमुख रम बहादुर थापाले नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगर सभामा रामपुर नगरपालिका प्रमुख थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका कार्यक्रमलाई निरन्तरता दिँदै नगरले उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेको जानकारी गराए । नीति तथा कार्यक्रममा खाद्यान्नको बीउ बिजनमा आत्मनिर्भर गराउन बीजवृद्धि कार्यक्रम सञ्चालन गर्ने, नगदे बाली रैथाने खाद्यान्न बालीको खेती विस्तर गर्दै व्यावसायीकरण गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरे ।

 

निस्दी गाउँपालिका

निस्दी गाउँपालिकाले ५९ करोड ९१ लाख ४२ हजारको बजेट गाउँसभामा पेश गरेकाे छ । गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले उक्त बजेट गाउँसभामा प्रस्तुत गर्दै चालुतर्फ ३५ करोड ५९ लाख ५० हजार र पुँजीगततर्फ २४ करोड ३१ लाख ९२ हजार प्रस्तुत गरिन् । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले शिक्षा र पूर्वाधारलाई प्राथमिमकता दिंदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

पूर्वखाेला गाउँपालिका

पूर्वखोला गाउँपालिकाले ४५ करोड ४७ लाख ८७ हजार बजेट पेस गरेको छ । पूर्वखाेला गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले चालुतर्फ ३० करोड ८५ लाख ४ हजार र पुँजीगततर्फ १५ करोड २२ लाख ८३ हजार बजेट पेस गरिन्। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिक दिएर बजेट पेस गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।

रम्भा गाउँपालिका

रम्भा गाउँपालिकाले ४५ करोड ७२ लाख ३२ हजारको आयव्यय प्रस्तुत गरे

 

को छ । चालुतर्फ २९ करोड ७२ लाख ८ सय र पुँजीगततर्फ १६ करोड ३१ हजार २ सयको बजेट पेस गरेको उपाध्यक्ष राधाकुमारी श्रेष्ठले

बताइन् । यसअघि गाउँपालिका अध्यक्ष उत्पादन र शिक्षामा जोड दिंदै विष्णु प्रसाद भणडरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

बगनासकाली गाउँपालिकाः

बगनासकाली गाउँपालिका पाल्पाले ५६ करोड ९९ लाख २ हजार रुपैयाँको बजेट आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको छ । संघीय सरकारको ४२ करोड ६१ लाख ७ हजार, प्रदेश सरकारको २ करोड ३४ लाख ४९ हजार, आन्तरिक आय ९५ लाख र गत वर्षको बैंक मौज्दात ३ करोड ४५ लाखको बजेट पेस गरेको हाे । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बजेट पेश गरेका थिए ।

माथागढी गाउँपालिका

माथागढी गाउँपालिकामा आगामी वर्षका लागि ५८ करोड ३५ लाख ९६ हजार बराबरको आयव्यय उपाध्यक्ष विष्णुदेवी लुङ्चेले प्रस्तुत गरिन् । चालुतर्फ ३२ करोड ६७ लाख ९६ हजार र पुँजीगततर्फ २५ करोड ९८ लाख पेस गरेकी हुन । यसअघि गाउँपालिका अध्यक्ष यम चिदीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सडक, गाउँपालिका भवन, वडा जोड्ने सडक, पालिका पहुँचमार्ग, शिक्षा र पूर्वाधारमा जोड दिएका थिए ।

तिनाउँ गाउँपालिका

तिनाउ गाउँपालिकाले आगामी वर्षका लागि ५२ करोड १९ हजार बराबरको बजेट पेश गरेकाे छ । गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले सभामा पेस गर्दै चालुतर्फ ३६ करोड ८६ लाख ६४ हजार र पुँजीगततर्फ १५ करोड १३ लाख ५५ हजार बराबरको आयव्यय प्रस्तुत गरे । गाउपालिका अध्यक्ष प्रेम श्रेष्ठले नीत तथा कार्यक्रम पेस गर्दै उत्पादनमा वृद्धि, कृषिमा आधुनिकीकरण, आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, शिक्षा क्षेत्रको विकासमा जोड दिइने बताए ।

 

रिब्दीकोट गाउँपालिका

रिब्दीकोट गाउँपालिकाले ५५ करोड ५९ लाख २० हजारको बजेट प्रस्तुत

गरेको छ । चालुतर्फ ३४ करोड ९९ लाख २० हजार र पुँजीगततर्फ २० करोड ६० लाख उपाध्यक्ष कान्ता अधिकारीले पेस गरेकी हुन । यसअघि गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले कृषि, भौतिक पूर्वाधार, पर्यटन, शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

रैनादेवी छहरा गाउँपालिका

रैनादेवी छहरा गाउँपालिकाले ७३ करोड १७ लाख ९७ हजारको बजेट प्रस्तुत गरेको छ । चालुतर्फ ५० करोड ४५ लाख ९४ हजार र पुँजीगततर्फ २२ करोड ७२ लाख ३ हजार उपाध्यक्ष युवराज थापाले पेस गरे । गाउँपालिका रुक्मांगत भट्टराईले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नीति तथा कार्यक्रममा कृषि उत्पादन, गुणस्तरीय शिक्षा, स्थानीय स्रोत साधनको प्रयोग, लसुन उत्पादनमा आत्मनिर्भर, दिगो विकास जैविक विविधतालाई प्राथमिकता दिँदै अन्तरजिल्ला जोड्ने प्रमुख सडकलाई

गौरवको आयोजनामा समावेश राखी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय