latest
बालेनको अग्निपरीक्षा : दिल्लीलाई रिझाउने कि नेपालको पीडा सुनाउने?  ||    पाल्पाको दमकडा मावि अन्तर्राष्ट्रिय गुणस्तरबाट प्रमाणीकरण  ||    चिच्याएर वर माग्ने सत्यवती बज्यै मन्दिरको उद्घाटन, गुरुयोजना बनाउँदै तिनाउँ  ||    राष्ट्रिय कर दिवस : बुटवलमा उत्कृष्ट करदातालाई सम्मान  ||    पुष्कर शाहसहित २०० साइकलयात्री पाल्पा आउँदै, मंसिर ५ देखि हेरिटेज राइड  ||    विशेषज्ञ चिकित्सकदेखि एनामली स्क्यानसम्म: २४ घण्टे सेवा लाइफकेयर सञ्चालन  ||    बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||   
शनिबार , मंग्सिर ६, २०८३

पाल्पा, जेठ १

माथागढी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका घोषणा तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएकाे छ ।जिल्ला समन्वय समिति पाल्पाका प्रमुख  टंकनाथ खनालले एक कार्यक्रमका बिच उक्त घाेषणा गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारद्धारा जारी गरिएको “पूर्ण संस्थागत प्रसुति सेवायूक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड २०८०” बमोजिमका मापदण्ड पुरा गरि यस माथागढी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका घोषणा गरिएको हो । लुम्बिनी प्रदेश सरकारको मुख्य चार मापदण्डहरु घरधुरी सर्वेक्षणबाट भेटिएका प्रोटोकल अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिलाहरु कम्तिमा ९०५ हुनु पर्ने, सुत्केरी भएका मध्ये कम्तीमा ९५५ महिलाहरुले दक्ष प्रसुतिकर्मीको उपस्थितीमा स्वास्थ्य संस्थामा नै प्रसुति गराएको हुनु पर्ने,घरमा हुने प्रसुति शुन्य हुनु पर्ने,प्रोटोकल अनुसार तीन पटक सुत्केरी जाँच कम्तिमा ९०५ हुनु पर्ने रहेकोमा माथागढी गाउँपालिकाको आ.ब. ०७९÷८० मा २४२ जना गर्भवती महिलाहरु मध्ये २३७ (९८५) जनाले गर्भ जाँच गराएको, जम्मा २४२ जना गर्भवती महिलाहरु सबैले स्वास्थ्य संस्थामा प्रसुति सेवा लिएको र २४१ (९९५) जनाले सुत्केरी जाँच गराएको, त्यस्तै  यस चालु आ.ब.०८०÷८१ को फागुण सम्ममा १८२ गर्भवती महिलाहरु मध्ये १७९ (९८५) जनाले गर्भ जाँच गराएको, १८२ गर्भवती महिलाहरु सबैले स्वास्थ्य संस्थामा प्रसुति सेवा लिएको र १८० (९९५) जनाले सुत्केरी जाँच गराएकोले पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा सम्भव भएको हो ।

माथागढी गाउँपालिकाको वडा नं १ चिदीपानी, वडा नं. २ रुप्से र वडा नं. ३ कसेनी गत आ.ब. ०७९÷८० मै पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गरिएकोमा आज पुन सुनिश्चित गरिएको थियो भने बाँकी वडाहरु वडा नं. ५ हात्तिलुङ्ग, वडा नं. ६ गोठादी, वडा नं. ७ रहवास र वडा नं. ८ बहादुरपुरलाई सम्बन्धित वडामै घोषणा सम्पन्न गरिएको र वडा नं. ४ झडेवालाई आजै घोषणा पश्चात कार्यक्रमका प्रमुख अतिथी, जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुख श्री टंकनाथ खनाल ज्यूले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्दै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।    त्यस्तै गाउँपालिका भित्रका सबै वडाहरुलाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र गाउँपालिकाका अध्यक्ष श्री यम बहादुर चिदीले वडा अध्यक्षहरु र स्वास्थ्य संस्था प्रमुखलाई हस्तान्तरण गरिएको र तत् पश्चात कार्यक्रमका प्रमुख अतिथि, जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुखबाट गाउँपालिकाका अध्यक्षलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले माथागढी गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको लगानी फलस्वरुप यो प्रतिफल प्राप्त भएको र यसलाई जोगाउन सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भएको थियो ।  त्यस्तै गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले स्वास्थ्य क्षेत्रमा गरिएको खर्च खर्च नभएर लगानी भएको र त्यसको प्रतिफल क्रमश प्राप्त हुने त्यसका लागि गाउँपालिका लागि परेको, स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउन सामुदायिक स्वास्थ्य ईकाइहरु स्थापना गरिएको, सबै बर्थिङ्ग सेन्टरलाई गुणस्तरीयताका साथ संचालनमा ल्याईएको, २ वटा एम्बुलेन्स संचालनमा रहेको बताउँदै पूर्ण संस्थागत प्रसुति सेवा र पूर्ण खोप सुनिश्चित पालिकाको अवस्था कायम राख्नकालागि सबै सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भएको थियो । यस पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न अहोरात्र खटिनुहुने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, बिद्यालयका शिक्षक, समाजसेवी÷बुद्धिजिवी, कर्मचारी, जनप्रतिनिधी लगायत सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय