latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

बरजु गुठी तानसेन पाल्पाले आफ्नो परम्परागत नेवारी कला संस्कृती जोगाउने, संरक्षण गर्ने प्रवद्र्धन गर्ने, उद्देश्यले एक दिने नेवारी भोज कार्यक्रम गरेको छ । नेवारी समुदायमा कला संस्कृती सहन सहनको पुस्तान्तरण गर्ने भोजनमा सहभागी गराउने र नेवारी भोजको प्रचार प्रसार गर्ने अभियानका साथ सयौ स्वयमसेवक परिचालन गरेर २४ प्रकारको खानाको परिकार सहित नेवारी भोज संचालन गरेको अध्यक्ष प्रविन बज्राचार्यले बताए ।

परम्परागत नेवारी भोजनमा सक÷वास, पात÷ ल्हापा, चिउरा, फिनी रोटी, छोइला, केराउ राखिन्छ । खान वसेका पाहुनाहरु लाई माटोको भाडाँमा वास राखिदिने प्रचलन रहेको छ । सालको टपरीमा पाँच प्रकारको खान पछी पुन चिउरा, पंचकोल, आलु तामा, आलु गोवी, खसीको मासु, मटर पनिर, चुकाउनी, अचार, भ्यात्तल, मुला गाजर, मेथीको रस, वास दिईन्छ । यो खान खाएपछी खसिको  भुटुवा, वास, चिउरा, चिनी, दही, फलफूल, केरा, स्याउ खान दिईन्छ । सबै परिकार खाएपछी दातमा अड्किएको खानेकुरा निकाल्न बासको सिन्का दिएपछी नेवारी भोजन परिकार पुरा हुने कार्यक्रमका संयोजक बाबुरत्न शाक्यले बताए ।   पाहुनालाई  २४ प्रकारका भोजन खाएर सन्तुष्ट पार्ने   सबै जातजाती भाषा भाषी तथा  धर्मालम्वीहरु लाई सामुहिक रुपमा  परम्परागत नेवारी भोजमा सहभागी गराएर अन्य जातजातीहरु लाई पनि सिकाउने बरजु गुठीको उद्देश्य रहेको उपाध्यक्ष दिनेश बज्राचार्यले बताए ।

हाम्रा बाउबाजेले यसै गरी खान्थे पाहुनाहरु लाई खुवाउथे, सबै किसिमका परिकारहरु मिलाएर खान्थे, जसको कारण सन्तुलीत भोजन हुन्थ्यो । शरिर निरोगी हुन्थ्यो । बाउबाजेले गरेको अभ्यास केही रुपमा बाबा पुस्ताले छोडे, केही रुपमा नाती पुस्ताले छोडे र आज लोपन्मुख अवस्थामा पुगेको परम्परागत रहन सहन खानपानलाई जोगाउन यस्तो  अभियानहरु निरन्तर रुपमा चलाउनु पर्ने भोजमा सहभागी  तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । बढ्दो पश्चिमा संस्कृती, आधुनिक तथा व्यबस्त जिवनशैली, बढ्दो होटल रेष्टुराको कारण लोपन्मुख अवस्थामा पुगेको परम्परागत नेवारी भोजलाई जोगाउन, छोरा छोरीलाई आफ्नो पहिचान सिकाउन, समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको गुठीका महासचिव धिरज बहादुर बज्राचार्यले बताए । परम्परागत नेवारी भोजको लागी तानसेन नगरपालिका भित्र रहेका नेवार समुदायका शाक्य र बज्राचार्यहरु एक महिना देखी सक्रिय भएर लागेका थिए ।

बरजु गुठीमा तानसेनका शाक्य र बज्राचार्यका २ सय ५० घरपरिवारका ६ सय जना पारिवारिक सदस्यहरु जोडिएका छन । २०७१ सालमा स्थापना भएको बरजु गुठीले नेवारी कला संस्कृती रहन सहन भेषभुषाको संरक्षण तथा जर्गेनाको काम गर्दै आएको छ । भोजन शुरु गर्नु अघि बौद्ध पुजारी चिनियामान बज्राचार्य नेवारी परम्परा अनुसार पुजाआजा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय