
देशकै पहिलाे (जेठो) क्याम्पस हाे, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा । २०७९ सालकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सर्वसम्मत रुपमा सम्पन्न भएपनि यस पटक भने निर्वाचनकै माध्यमबाट स्ववियुको कार्यसमिति चैत ५ गते चयन हुँदैछन् ।
यस अघि नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा सर्वपक्षीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चयन गरिएको थियाे । सर्वपक्षीय स्ववियुमा नेवि सङ्घका कृष्ण अर्याल सभापतिमा निर्वाचित भएका थिए। यस्तै उपाध्यक्षमा अनेरास्ववियुका अमृत भट्टराई र सचिवमा क्रान्तिकारीका ताराबहादुर रायमाझी निर्वाचित भएका थिए । यस्तै सहसचिवमा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उमेश भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुका सन्तोष पोखरेल निर्वाचित भएका थिए । सदस्यमा एमाले निकट अनेरास्ववियुबाट इन्दु गाहा र सुदर्शन पाण्डेय, नेविसङ्घबाट मिस्मा राना र सुशील बस्याल निर्वाचित हुनुभयो। यसैगरी, अनेरास्ववियु क्रान्तिकारीबाट भीम लुंगेली, सृष्टि रास्कोटीमगर, मिलन सारु, सुजिता राना, विञान दुधराज, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुबाट उज्वल भट्टराई र तुषार कालिकोटा सदस्यमा निर्वाचित हुनुभएको छ। राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु छैठौबाट अंशु भट्टराई, राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट विशाल विष्ट, असंलग्न विद्यार्थी युनियनबाट प्रवेश अर्याल सदस्यमा निर्वाचित थिए ।



गएकाे निर्वाचनमा मनोनयनका दिन फागुन २७ गते एमाले निकट अनेरास्ववियुले निर्वाचन अधिकृतको कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपछि निर्वाचनका कार्यक्रम केही दिनसम्म अवरुद्ध बनेको थियो।
यतिबेला भने त्रिभुवन बहुमुखी क्याम्पसमा निर्वाचनकाे माहाेलले विद्यार्थी नेतामात्र हाेइनन राजनीतिक दलका नेतृत्व समेत दाैडधुममा देखिन्छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, अनेरास्ववियू (स्वतन्त्र) प्यानलसहित प्रतिस्पर्धामा छन् ।
सहमति हुन नसकेपछि विद्यार्थीहरूकाे हकहितका लागि नेतृत्व चयन गर्न भन्दै मतदानकै माध्यमबाट चैत ५ गते निर्वाचन हुन लागेकाे हाे । नेविसंघका कृष्ण अर्याल यस अघि स्ववियुका सभापति हुन् । अखिल (क्रान्तिकारी) अध्यक्ष पदका उम्मेदवार मिलन घर्ती मगर पनि विद्यार्थीका माझ लोकप्रिय मानिन्छन् ।
आफ्नो पक्षमा माहोल राम्रो भएको दावी गर्दै अनेरास्ववियु अनुजा अर्याल नेतृत्वमा चुनावी मैदानमा छ । अनेरास्ववियूका उमेश अर्याल विद्यार्थीहरूमाझ लोकप्रिय छन्, विद्यार्थीहरूसामु सहयाेग अादान प्रदानका कारण परिचित देखिन्छन्।
निर्वाचन नजिकिंदै गर्दा विद्यार्थी मतदाताहरूको चासोका कारण सरमागर्मी बढ्दै गएको छ । निर्वाचन समितिले चैत ३ गते रातीदेखी भने माैन अवधि सुरू हुने भएकाेले प्रचारप्रसार लगायतका कार्यक्रम बन्द हुने जनाएकाे छ । निर्वाचन लहरेपिपलस्थित मूल भवनमा चैत ५ गते मंगलबार बिहान ८ बजेदेखी ४ बजेसम्म हुन गैरहेकाे छ ।