
पाल्पा, कालीगण्डकी नदीमा एक वृद्धको शव फेला परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका –८ ज्याग्दीघाटस्थित कालिगण्डकी नदि किनारमा पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका ८७ वर्षीय देबिलाल भट्टराईको शव फेला परेको हो ।
रम्भा १ हुँगी मजुवाका भट्टराइ माघ २१ गते घरबाट हिडेकाेमा सोमबार विहान घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । शव फेला परेको जानकारी पाउन साथ जिल्लाबाट प्रहरी अधिकृत सहितको टोली घटनास्थलमा पुगी मुचुल्का उठाई शव पोष्टमार्टमको लागि चापाकोट अस्पताल पठाएको जनाइएको छ ।



घटनाको विषमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए ।