latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

पाल्पा, १८ बैशाख
कम्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघ पाल्पाले राष्ट्रिय सूचना प्रविधि दिवस २०८० को सन्दर्भपारेर पाल्पामा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । क्यान महासंघ पाल्पा शाखाले सोमबार तानसेनमा पत्रकार भेटघाट आयोजना गरी बैशाख १८ गतेदेखि २४ गतेसम्मका कार्यक्रम विवरण सार्वजनिक गरेको हो ।
जस अन्तर्गत बैशाख १८ गते सूचना प्रविधि दिवसको जानकारी दिन पत्रकार भेटघाट, बैशाख २० गते मंगलबार राष्ट्रिय सूचना प्रधिधि दिवसको दिनमा प्रभातफेरी कार्यक्रम आयोजना गर्ने लुम्बिनी प्रदेश पूर्व सहसचिव भोजराज भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार बैशाख २० गते बुधबार ‘सुशासन र समृद्धिका लागि सूचना प्रविधि र साइबर सुरक्षा’ विषयक १ दिने लुम्बिनी प्रदेशस्तरीय सेमिना आयोजना गर्नेगरी तयारी पूरा भएको छ । यसैगरी बैशाख २१ गते ‘सूचना प्रविधि र साइवर सचेतनाको लागि तानसेन नगरस्तरका विद्यालयमा आइसीटी क्लव गठन गर्ने कार्यक्रम रहेको छ । उहाँले जिल्लाको सूचना प्रविधिको क्षेत्रलाई फराकिलो गर्दै सूचना प्रविधि क्षेत्रमा आवद्ध संस्था र व्यक्तिहरूको सहभागिता सहित सक्रियता एवम् पहुँच विस्तार गर्ने अभियानका रूपमा साप्ताहिक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
जिल्ला अध्यक्ष थमन सारुले क्यानले सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राख्दै वैशाख २२ गते गौतम बुद्ध डाइलाइसिस सेन्टर तानसेनका विरामीहरूलाई फलफूल वितरण कार्यक्रमको तयारी गरेको छ । यस्तैगरी वैशाख २३ गते तानसेन टुँडीखेलमा खुल्ला रक्तदान कार्यक्रम र २४ गते समिक्षात्मक बैठक गरी आइसीटि सप्ताह मनाउने कार्यक्रम रहेको सारुले जानकारी दिनुभयो ।
सोही अवसरमा लुम्बिनी प्रदेश सदस्य एवम् क्यान महासंघ पाल्पाका पूर्व अध्यक्ष महेश शर्माले राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा देशभर विविन्न कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । शर्माले सूचना प्रविधिको पहुँच विस्तारमा आइसिटी सप्ताहले विशेष भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार पाल्पाका प्रतिनिधि कृष्ण पोखरेल, स्वतन्त्र पत्रकार संघ पाल्पा उपाध्यक्ष भविन्द्र गौतम, बगनासकाली पत्रकार समूहका कोषाध्यक्ष अम्बिका पाण्डे लगायतले क्यानले जिल्लास्थित सरोकारवालाहरूको सहभागितासहितका कार्यक्रमलाई निरन्तरता दिनसकेमा सूचना प्रविधि क्षेत्रको विस्तारमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रम क्यान महासंघ पाल्पा अध्यक्ष थमन बहादुर सारुको अध्यक्षता र सचिव सुदिप पौडेलको सञ्चालनमा चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय