latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

माथागढी गाउँपालिकाले महिला शिक्षकले सुत्केरी विदामा सट्टा शिक्षक व्यवस्थापन गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा महिला शिक्षकले सुत्केरी विदा लिएको समयमा सट्टा शिक्षक व्यवस्थापन गर्ने नीति तथा कार्यक्रम माथागढीले लिएकाे हाे ।

गाउँपालिकाले सुत्केरी महिला शिक्षकले पाउने ९८ दिनको विदामा विद्यार्थीको पढाई नबिग्रियोस् भनेर सट्टा शिक्षक व्यवस्थापन गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताए । गाउँपालिका अध्यक्ष चिदी भन्छन्, सट्टा शिक्षक व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । बजेट अपुग भएपछि अन्य शीर्षकबाट मिलान गरेर भएपनि उक्त शीर्षकमा बजेट अभाव हुन दिँदैनाैं ।

 

आर्थिक वर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले महिला शिक्षकले सुत्केरी विदा लिएको समयमा सट्टा शिक्षक व्यवस्थापन गर्ने बताएकी हुन् । उनले महिला शिक्षकले लिने सुत्केरी विदाको समयमा अध्यापन गर्न नसक्ने र कोर्ष सक्काउने चाप कम गर्न यस्तो कार्यक्रम ल्याएको बताइन् । उपाध्यक्ष लुङ्चेले यो कार्यक्रमले महिला शिक्षकलाई सहज हुने विश्वास व्यक्त गरिन् ।

गाउँपालिकाले सट्टा शिक्षक व्यवस्थापनका लागि दरखास्त आह्वान गरेर ९८ दिनको करारमा नियूक्त गर्ने गरि तयारी गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिनुभयो । घिमिरेले गाउँपालिकाले प्राथमिकताका साथ महिला शिक्षकको सहजताका लागि यो कार्यक्रम ल्याएको बताउनुभयो ।

माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६३ करोड ७४ लाख ९२ हजार ८ सय ५४ रुपैंयाको अनुमानीत आयव्यय प्रस्तुत गरेको छ । जसमा चालु तर्फ ४३ करोड ८९ लाख ९२ हजार ८ सय ५४ रुपैँया र पुँजीगत तर्फ १९ करोड ८५ लाख रहेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा राजश्व मार्फत १ करोड ६४ लाख ४५ हजार रुपैंया आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ ।

गाउँपालिकाले सामाजिक विकासतर्फको शिक्षा क्षेत्रमा ३ करोड ५८ लाख, स्वास्थ्यतर्फ २ करोड ७१ लाख, खानेपानीतर्फ १० लाख, लक्षित वर्ग, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणतर्फ १० लाख, यूवा तथा खेलकुदतर्फ २३ लाख, कृषि तथा पशुपंक्षी विकासतर्फ १ करोड ६७ लाख ५० हजार, उद्योग, नवप्रवर्तन तथा उद्यमशिलता विकास र रोजगार प्रवद्र्धन कार्यक्रमतर्फ आवश्यक बजेट, सडक तथा यातायात र भवन तथा आवास सहित पुर्वाधार तर्फ १० करोड, विपद व्यवस्थापन, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा आवश्यक बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय