latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

इबन ढेगाँ
पाल्पा-गुणस्तरीय शिक्षा गुणस्तरीय विद्यालयका लागि विद्यार्थीहरूले गाउँगाउँमा लैङ्गिक चेतना अभिवृद्धि गराउन लागिपरेका छन् । पाल्पाको माथागढी गाउँपालिका वडा नं. ८, ताकातुङ्गको श्री धारा देवि माबिले र्याली सहित गाउँ परिक्रमा सहित सचेतना दिएका हुन् ।

लैङ्गिक हिंसा बिरुद्द २ दिने गुणस्तरीय शिक्षा गुणस्तरीय विद्यालय अन्तरकृया कार्यक्रमका प्रमुख अतिथी माथागढी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष दिल बहदुर ढेँगाले सामाजिक सचेतनाका कार्यले पछाडि परेको समुदायलाई अगाडि ल्याउन टेवा पुग्ने बताए । धारादेवी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेस कुमार नेपालीले विकट क्षेत्रमा विकासे कार्यालय र सरकार कम पुगेको समयमा स्थानीय सरकारकाे सहयाेगमा बालबालिकाहरुलाई सचेतना दूतका रुपमा प्रयाेग गरेर नागरिक शिक्षा प्रदान गरिएको बताए ।

विद्यालयका प्रधानाध्यापक केशव दर्लामीले महिला हिंसा विरुद्ध समाजमा घट्ने घटनाहरूको चित्रण गर्दै महिला पुरुष दुवै बराबरी रहेको कुरा विद्यार्थी मार्फत गाउँमा पुर्‍याउँदै कार्यक्रम गरिएको बताए । आगामी दिनमा कुनै पनि गाउँ टोल समाज मा कुनै पनि लैङ्गिक विभेद देख्न र सुन्न नपरोस् भन्दै प्रअ दर्लामीले जनचेतना जगाउन विद्यार्थी भाइबहिनी सक्रिय रुपमा लागि परेको बताए ।

माथागढी गाउँपालिका र ब्रिटिस काउन्सिलकाे सहयोगामा भएको कार्यक्रममा विद्यार्थी शिक्षकले मिली गाउँ गाउँ मा नारा लगाएर गाउँ परिक्रमा पनि गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय