बंगलादेशमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना वाजेद भागेकी छिन् । उनी सेनाको विशेष हेलिकोप्टरबाट उनी भारततर्फ उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् ।
आरक्षणको विरोधमा चर्किएको आन्दोलनका क्रममा आइतबार ९० जनाको मृत्यु भएको थियो । त्यसपछि त्यहाँको सत्ता सेनाले नियन्त्रणमा लिने चर्चा भइरहेका बेला प्रधानमन्त्रीले देश छाडेकी हुन् ।
पूरा बंगलादेशमा इन्टरनेट सेवा बन्द गरिएकाे समेत बताइएकाे छ । हसिना आफ्नी बहिनीसहित भागेकाे जनाइएकाे छ । केही समयपछि त्यहाँका सेना प्रमुखले देशवासीका नाममा सम्बाेधन गर्ने तयारी भइरहेकाे छ । हालै भएकाे चुनावमा हसिनाकाे पार्टीले एकलाैटी जित हासिल गरेकाे थियाे । तर साे चुनाव विपक्षी पार्टीले बहिस्कार गरेका थिए ।
प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएकी हुन्। उनले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास गणभवन छोडेर सुरक्षित स्थानमा गएकी छन्।
“प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ। अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उनले भने। कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आँफै गर्नेछन् वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने विषयमा उनले केही बताएका छैनन्।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण कोटा प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो।
आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन्।