पाल्पा, भदौ १३
रिब्दीकोट गाउँपालिकामा भित्र भएको बेथिती बिरुद्ध नेपाली कांग्रेस रिब्दीकोटले ध्यानाकर्षण भएको जनाएको छ । बुधबार पालिका भित्रका बेथिती बिरुद्ध कांग्रेसले गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीलाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा भनिएको छ । पालिका भित्रका कर्मचारीहरुले हाजिरी नै नगरि तलब भत्ता खाने गरेको घटना प्रति हाम्रो चासो र ध्यानाकर्षण भएको छ । आम नागरिकले तिरेको करबाट तलब भत्ता खाने तर कार्यालयमा नियमित उपस्थित नहुने, कार्यालयको काम छाडि बाहिरी काम गर्ने, खरिद प्रक्रियामा कमिसन खोज्ने तर तलब भत्ता कार्यालयबाट खाने जस्ता घटनाले आम रिब्दीकोटबासीमा राम्रो सन्देश नजाने हाम्रो ठहर छ । पालिकाले त्यस्ता घटनाको बिषयमा चासो दिएर कारवाही प्रक्रिय अगाडी बढाउनुको साटो थाहा नपाएझैं गर्नु झनै बढी गैह्र जिम्मेबारी भएको रिब्दीकोटबासीको बुझाई छ । पालिकाले “घ” बर्गको निमार्ण ब्यबसायी इजाजत पत्रको नबिकरणको दर बृद्धि भएकोमा त्यसलाई तत्काल परिमार्जन गर्न आग्रह गर्दछ । साथै हाम्रो पार्टी, पालिकाले खरिद गर्ने सम्पूर्ण सामग्रीहरुको खरिद प्रक्रिया खरिद ऐन अनुसार गर्न समेत जोडदार माग गर्दछ ।
तसर्थ, यस किसिमका घटना हुन नदिन र दोषी उपर कारवाहीको माग गर्दै यो ज्ञापन पत्र बुझाईएको छ । पालिकाले मालपोत कर बृद्धि गरेकोमा राजनैतीक दलको आग्रहमा समस्या समाधान गरेकोमा धन्यबाद ज्ञापन गर्दछ । कांग्रेस रिब्दीकोटका कार्यवाहक सभापती चन्द्रमणी पोखरेलद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ ।