नेपाली जनसम्पर्क समिति डेनमार्कको सभापतिमा बुद्धी सापकोटा चयन भएका छन् । आइतबार कोपनहेगनमा भएको बृहत तथा विशेष भेलाले सापकोटालाई सभापतिमा चयन गरेको हो ।

जनसम्पर्क समिति डेनमार्कको ५ औं अधिवेशनले २ वर्षका लागि सहमतिमा यादव बस्नेतलाई सभापति चयन गरेको थियो। २ वर्षपछि बरिष्ठ उपसभापति बुद्धी सापकोटालाई सभापति बनाउने सहमति भएको थियो । तर, बस्नेतले नेतृत्व हस्तान्तरण गर्न आनाकानी गर्दै आएपछि आइतबार भएको दुई तिहाई बढीको भेलाले सापकोटालाई सभापति चयन गरेको हो ।

अधिवेशनमा सभापतिमा दुई जना आकांक्षी देखिए पछि चार बर्षे कार्यकाल यादव बस्नेत र बुद्धि प्रसाद सापकोटाले आधा आधा गर्ने सहमति भएको थियो । केन्द्रीय प्रतिनिधिको रोबहरमा हलभित्र उपस्थित सम्पूर्ण व्यक्तिहरूको सामुन्ने भएको सहमति कार्यान्वयन गर्न यादव बस्नेतले कुनै चासो नदिएपछि आइतबार भेला गरि नेतृत्व हस्तान्तरण गरिएको बताइएको छ ।

५ औं अधिवेशनमा सहमति नजुट्ने देखिए पछि संस्थापक सभापती नवीन राज पौडेल, पुर्व सभापतिहरु त्रिलोचन सापकोटा, रामचन्द्र पाठक, नवीन आचार्य तथा वीरेन्द्र सिँह कार्कीको पहलमा कार्यकाल आधा आधा गर्ने सहमति जुटेको थियो ।

जनसम्पर्क समिति डेनमार्कका संस्थापक सभापति तथा नेपाली कॉंग्रेस गण्डकी प्रदेश कार्यसमितिका आमन्त्रित सदस्य डोलराज पौडेल (नविन)को अध्यक्षतामा कार्यक्रम भएको थियो ।

नेतृत्व घोषणा पछि नवनियुक्त सभापति सापकोटाको अध्यक्षतामा कार्यक्रम अगाडी बढेको थियो । उपस्थित सबै संघ संस्थाका प्रतिनिधि तथा अध्यक्षहरुले खादा ओढाई सभापति सापकोटालाई बधाई दिएका थिए ।

साढे २ वर्षअघिको सहमति अनुसार आफुहरु अघि बढेको भन्दै नविनले जनसम्पर्क समिति डेनमार्कलाई एकढिक्का बनाउन अघि बढेको बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कका उपाध्यक्ष नील थापा, पूर्व अध्यक्ष शैलेन्द्र अधिकारी (शैलु), जनसम्पर्क समिति डेनमार्कका पूर्व सभापतिहरु यामलाल सुवेदी र रामचन्द्र पाठक, प्रवासी नेपाली मञ्चका पूर्व अध्यण शिव चापागांईॅ, नेपाली जनप्रगतिशील मञ्च डेनमार्कका अध्यक्ष महेन्द्र खड्का, रास्वपा अध्यक्ष शशि ढकाल, पोर्चुगल डेनमार्क समाजका संस्थापक अध्यक्ष डिलाराम कंडेल, रमेश विमली, जससका निवर्तमान कोषाध्यक्ष श्याम सुवेदी लगायतले मन्तव्य राखेका थिए । वक्ताहरुले परदेशको नेपाली समाजमा एकता र सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा डेनमार्कमा रहेका सामाजिक तथा जातीय संघ संस्थाका प्रमुख तथा प्रतिनीधिको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाली जनसम्पर्क समितिका सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

बरिष्ठ उपसभापति प्रकाश ढकालले भेलाको सान्दर्भिकता बारे प्रकाश पारेका थिए भने कार्यक्रमको सन्चालन महामन्त्री कृष्ण गिरीले गरेका थिए । जसस डेनमार्कका प्रवक्ता पपुलर वेलवासेले कार्यक्रम को औचित्य र आवश्यकताबारे प्रस्तुति दिएका थिए ।

सभापति चुनिएपछि सापकोटाले जनसम्पर्क समिति डेनमार्कलाई एकढिक्का बनाएर लैजाने र नियमित गतिविधी गर्ने तथा छिट्टै फुटबल प्रतियोगिता गर्ने योजना सुनाए ।

अधिवेशनमा सभापतिमा दुई जना आकांक्षी देखिए पछि चार बर्षे कार्यकाल यादव बस्नेत र बुद्धि प्रसाद सापकोटाले आधा आधा गर्ने सहमति भएको थियो । केन्द्रीय प्रतिनिधिको रोबहरमा हलभित्र उपस्थित सम्पूर्ण व्यक्तिहरूको सामुन्ने भएको सहमति कार्यान्वयन गर्न यादव बस्नेतले कुनै चासो नदिएपछि आइतबार भेला गरि नेतृत्व हस्तान्तरण गरिएको बताइएको छ ।

५ औं अधिवेशनमा सहमति नजुट्ने देखिए पछि संस्थापक सभापती नवीन राज पौडेल, पुर्व सभापतिहरु त्रिलोचन सापकोटा, रामचन्द्र पाठक, नवीन आचार्य तथा वीरेन्द्र सिँह कार्कीको पहलमा कार्यकाल आधा आधा गर्ने सहमति जुटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय