latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, २४ बैशाख

पाल्पा र गुल्मीका पत्रकारहरुको लागि दुई दिने डिजिटल क्षमता विकास तालिम तानसेनमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना, लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र पत्रकार महासंघ पाल्पा शाखाको व्यवस्थापनमा तालिम सञ्चालन भएको हो ।
हिजो र आजगरि दुई दिनसम्म चलेको तालिम आज सम्पन्न भएको हो । तालिममा नेपाल प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष चेतन अधिकारीले पत्रकारितामा तथ्याङ्कको प्रयोग, लुम्बिनी प्रदेश संसदिय मामिला पत्रकार समाजका अध्यक्ष घनश्याम गौतमले ३ वटै क्षेत्रको संसदीय पत्रकारीता, बरिष्ठ पत्रकार माधव नेपालले डिजिटल पत्रकारिकाता, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधब अर्यालले सहजीकरण गर्नुभएको थियो ।
दोस्रो दिनको तालिममा प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाई, बरिष्ठ पत्रकार शंकर प्रसाद खनाल, लगायतले सहजीकरण गर्नुभएको थियो । तालिममा पाल्पा र गुल्मीका ५० जना पत्रकारहरुको सहभागिता रहेको थियो । पत्रकारहरुलाई डिजिटल मिडियामा समाचार लेखन सम्बन्धी ज्ञान प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय