latest
अभिभावकविहीन बालबालिकाकाे नेतृत्व लिनेः बगनासकाली गाउँपालिकाकाे नीति तथा कार्यक्रम  ||    अस्पताल विकास समिति विघटनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश  ||    सुत्केरी विदामा सट्टा शिक्षक राख्नेः माथागढी गाउँपालिकाकाे नीति तथा कार्यक्रम  ||    रिमिघा लेकमा भेटिएको बहुमुल्य जडिबुटी “यार्सागुम्बा” लाई अब के गर्ने ?  ||    पाल्पा गल्धाकाे अदुवा जर्मनी निर्यात, ग्रामीण महिलाको फेरिदै दैनिकी  ||    मगर भाषाको अध्यापन सुरु गर्ने पूर्वखोलाको नीति तथा कार्यक्रम  ||    जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी   ||    रामपुरमा तीन भन्दा बढी सन्तान जन्माउनेलाइ प्राेत्साहनः नीति तथा कार्यक्रम  ||   
बुधबार , असार ११, २०८२

पाल्पा, २४ बैशाख

पाल्पा र गुल्मीका पत्रकारहरुको लागि दुई दिने डिजिटल क्षमता विकास तालिम तानसेनमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना, लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र पत्रकार महासंघ पाल्पा शाखाको व्यवस्थापनमा तालिम सञ्चालन भएको हो ।
हिजो र आजगरि दुई दिनसम्म चलेको तालिम आज सम्पन्न भएको हो । तालिममा नेपाल प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष चेतन अधिकारीले पत्रकारितामा तथ्याङ्कको प्रयोग, लुम्बिनी प्रदेश संसदिय मामिला पत्रकार समाजका अध्यक्ष घनश्याम गौतमले ३ वटै क्षेत्रको संसदीय पत्रकारीता, बरिष्ठ पत्रकार माधव नेपालले डिजिटल पत्रकारिकाता, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधब अर्यालले सहजीकरण गर्नुभएको थियो ।
दोस्रो दिनको तालिममा प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाई, बरिष्ठ पत्रकार शंकर प्रसाद खनाल, लगायतले सहजीकरण गर्नुभएको थियो । तालिममा पाल्पा र गुल्मीका ५० जना पत्रकारहरुको सहभागिता रहेको थियो । पत्रकारहरुलाई डिजिटल मिडियामा समाचार लेखन सम्बन्धी ज्ञान प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय