पाल्पा, मंसिर २४

लियो क्लब अफ पाल्पाको आयोजनामा मङ्सिर २६ गतेबाट २९ गतेसम्म तानसेनको टुडिखेल मैदानमा पालिका स्तरीय डाउन टाउन नकआउट क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । लियो क्लब अफ पाल्पाले सोमबार तानसेनमा पत्रकार सम्मेलन गरि जिल्ला भित्रका ९ वटा पालिका भित्रका खेलाडी सहभागीता गराई प्रतियोगीता आयोजना गर्न लागिएको जनाएको छ । पाल्पाको निस्दी गाउँपालिका बाहेक सबै स्थानीय तहको टिम सहभागी लियो क्लब पाल्पाका अध्यक्ष बिक्रम घिमिरे जानकारी दिनुभयो ।

प्रतियोगीतामा प्रथम हुनेले ५० हजार र दोश्रो हुने पालिकाले २५ हजार पुरस्कार पाउने क्लबका संस्थापक अध्यक्ष श्रीधर कुँवर बताउनुभयो ।
सुरुका खेल १४  ओभरको हुने भएपनि सेमिफाईनल १६ र फाइनल खेल २० ओभरको हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय