latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पोखरा, चैत १९

पाल्पाली समाज पोखराको अध्यक्षमा श्रीधर पराजुली सर्वसम्मत् चयन भएका छन् ।
संस्थाको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले पराजुलीको अध्यक्षतामा आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।
निवर्तमान अध्यक्षमा बालचन्द्र परियार, वरिष्ठ उपाध्यक्षमा केशव नेपाल, उपाध्यक्षमा अनुपमान कर्माचार्य, सचिवमा पदमप्रसाद पोखरेल, सहसचिवमा किरण पाण्डे र कोषाध्यक्ष सुनिल अर्याल चयन भए ।
कार्यसमिति सदस्यमा धनबहादुर झेंडी, गिरीराज पोखरेल, कृष्णप्रसाद मिश्र, भुवन लोहनी, बुद्धिप्रसाद न्यौपाने, सीमादेवी सारु र पार्वती बिक छन् ।
निर्वाचन समिति संयोजकमा जनपुकार मुनकर्मी थिए भने सदस्यमा डा. हुमप्रसाद न्यौपाने र डा. यज्ञमान शाक्य थिए । संशोधित विधानअनुरुप घटाएर १५ सदस्यीय बनाइएको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष केशव नेपालले जानकारी दिए ।
यसअघि, कार्यक्रमको पूर्व मन्त्रीसमेत रहेका समाजसेवी एवं उद्योगपति हरि पाण्डेले उद्घाटन गरेका थिए ।
समाजका अध्यक्ष बालचन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पाली संगम काठमाडौंका उपाध्यक्ष केशव आचार्य, अर्घाखाँची सम्पर्क समाज पोखराका अध्यक्ष दधिराम खनाल, संस्थाका पूर्व अध्यक्ष एवं पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार समिति संयोजक एवं सम्मानित व्यक्तित्व जनपुकार मुनकर्मी, पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेल, निवर्तमान अध्यक्ष रेशम थापा रचक, पूर्व अध्यक्ष जगदीश गौतम, पूर्व अध्यक्ष कुलप्रसाद घिमिरे लगायत बोलेका थिए ।
प्रथम उपाध्यक्ष श्रीधर पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन महासचिव सञ्जय आत्रेयले गरेका थिए ।
सो अवसरमा समाजका सल्लाहकार समिति संयोजक जनपुकार मुनकर्मी, पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेल र निवर्तमान अध्यक्ष रेशम रचक थापालाई सम्मान गरिएको थियो ।
२०५१ मंसिर १२ गते जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता भएको पाल्पाली समाज पोखरा यस क्षेत्रको सबैभन्दा पुरानो सम्पर्क रहेको संस्थापक सचिव लोकनाथ काफ्ले बताउँछन् ।
संस्थाले सदस्यको हकहितका अलावा बर्सेनि रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, विभिन्न क्षेत्रमा सहयोग, पाल्पाको मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवद्र्धनका कार्यक्रम गर्दैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय