पाल्पा, १६ जेठ

पाल्पा पूर्णखोप सुनिश्चितता, दीगोपना भएको जिल्ला भएको छ । शुक्रबार तानसेनमा आयोजित एक घोषणा समारोहका बीच पाल्पा जिल्लालाई पूर्णखोप सुनिश्चितता भएको जिल्लाको रुपमा घोषणा गरिएको हो । पाल्पा २०७० सालदेखी नै पूर्णखोप सुनिश्चितता, भएको जिल्लाको रुपमा रहदै आएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक नेत्रप्रसाद अर्यालले जिल्ला खोप समन्वय समिति प्रमुख टंकनाथ खनाललाई पूर्णखोप सुनिश्चितता, दीगोपना भएको प्रमाणपत्र प्रदान गर्दै पाल्पालाई पूर्णखोप सुनिश्चितता, दीगोपना भएको घोषणा गरिएको हो ।

घोषणा समारोहका प्रमुख अतिथी लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले २०७० साल फागुन १३ गते नेपालमै पहिलो पटक पाल्पा जिल्लालाई पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको बताउनुभयो । उहाँले पाल्पा जिल्ला लुम्बिनी प्रदेशमा लगातार दुईपटकसम्म प्रथम भएको बताउनुभयो । मन्त्री सारुले स्वास्थ्यमा पाल्पा जिल्ला निकै अगाडी रहेको बताउदै सरकारले नसर्ने रोग बिरुद्धको स्क्रिनिङ्गमा लक्ष्य भन्दा बढी उपलब्धि हासिल गरेको बताउनुभयो । पाल्पाले १३ हजार २९६ जनाको स्क्रिनिङ्ग गरेर लक्ष्य भन्दा १०८ प्रतिशत उपलब्धि हासिल गरेको मन्त्री सारुले बताउनुभयो ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक नेत्रप्रसाद अर्यालले यो अभियानले स्वास्थ्यको प्रणाली सुधार, दीगो बिकासमा योगदान, मातृ तथा शिशु स्वास्थ्यमा सहयोग पुग्ने बताउनुभयो । उहाँले पाल्पा जिल्ला हरेक बर्ष दीगोपना सुनिश्चितता भएको जिल्लाको रुपमा रहदै आएकोमा त्यसमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद दिनुभयो ।

जिल्लाका ८१ वटै वार्ड र १० वटै स्थानीय तहमा ९५ प्रतिशत भन्दा बढी बालबालिकालाई पूर्ण खोप दिएपछि जिल्ला पूर्णखोप सुनिश्चितता जिल्ला भएको हो । १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चितता गरि जिल्लालाई पूर्णखोप सुनिश्चितता, दीगोपना घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिले जिल्लामा सबै वार्डमा पुगि पूर्ण खोप लगाए नलगाएको अनुगमन र प्रमाणित गरेपछि मात्रै जिल्लालाई पूर्णखोप सुनिश्चितता, दीगोपना भएको जिल्लाको रुपमा घोषणा भएको हो ।

अस्तब्यस्थ ब्यबस्थापन, कार्यक्रम खल्लो

जिल्लाका १० वटा स्थानीय तहका प्रमुख, प्रशासकिय अधिकृत स्वास्थ्यका कर्मचारी, पत्रकार तथा सरोकारवालाहरु सहभागी कार्यक्रम निकै सानो हलमा राखिदा निमन्त्रणा गरिएका पाहुनाहरुलाई बस्ने स्थान पाउनै मस्किल पर्यो । बस्न समेत नमिल्ने ठाउँमा नृत्य समेत प्रस्तुत हुदा कलाकारलाई सकस भईरहेको थियो । स्वास्थ्यका निमित्त प्रमुख टुृकप्रसाद पोखरेलले प्रस्तुत गरेको प्रतिबेदन मन्चमा बस्नेका लागि मात्र बाढियो । समाचार संकलन गर्न पुगेका पत्रकारहरुले एक प्रतिपनि प्रतिबेदन पाउन सकेनन् । कतिपय माथिल्लो अहोदाका अतिथीलाई निकै पछाडी बोलाईयो भने, मन्तब्यका लागि तोकिएका अतिथिहरुलाई मन्तब्य राख्न दिइएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय