latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, जेठ ३०

लोक तथा दोहोरी गायक रामचन्द्र चन्दकी मायालु ‘मौरी जस्तै’ छिन् । तर मौरी जस्ती मायालुले रानो भने पाईकी छैनन् । यी गीतको भाब हो । गायक चन्दले मायालुलाई रानो बिनाको मौरी र आफृु भने मायालु बिनाको भएको बताएका छन् । ‘मौरी जस्तै’ लोक गीत हालै बजारमा ल्याएको गायक चन्दले बताएका छन् । भिडियोसहित सार्वजनिक गीतमा गायक चन्दसँगै गायिका टीका प्रसाइको स्वर रहेको छ।

गीतमा एकअर्कालाई प्रेम गर्ने प्रेमि जोडीको प्रेम कथालाई मूख्य विषय बनाइएको छ। जसलाई मौरी र रानोसंग तुलना गरिएको छ । गीतमा विक्रमबाबू बिश्वकर्माको शब्द तथा नन्दु परियारको संगीत रहेको छ भने कृष्ण बिकले एरेन्ज गरेका छन्।

फरक स्वादको गीतलाई दर्शकश्रोताले अत्यधिक माया दिइरहेका छन् ।गायक चन्दको यो भन्दा अगाडि घाटी रेट्नलाई बजारमा आएको थियो त्यो गीतलाई पनि दर्शकश्रोताले धेरै माया दिएका थिए।

https://www.youtube.com/watch?v=djzyRo-

यस्तै गीतको भिडियोमा अर्जुन सापकोटा, काव्य खड्का र गौरव हमालको अभिनय रहेको छ भने प्रविण थापाको निर्देशन रहेको छ। गीतलाई गायक स्वयम् चन्दको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ। यस अगाडि बजारमा आएका गीतलाई जसरी दर्शकश्रोताले माया दिएका थिए यो गीतलाई पनि उस्तै माया र साथ दिने गायक चन्दको विश्वास र अपेक्षा रहेको छ।
गायक चन्दको चरि रुखैमा, माया सारै छ लगायत धेरै चर्चित गितहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय