पाल्पा, असाेज १०
पाल्पाको सिद्धबाबा सुरुङमार्गको बाइपास ‘ब्रेक थ्रु’ भएको छ । सिद्दार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिकामा निर्माण भैरहेकाे सुरूङमार्ग अन्तर्गत बनेकाे बाइपास मुख्य सुरुङसम्म खनिएको हो ।
उनका अनुसार दोस्रो बाइपासको लम्बाइ १ सय ६१ मिटर रहेको छ । यसको १ सय १७ मिटर सुरुङ खनिसकिएको छ । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको लम्बाइ अब आधा भन्दा बढी खनेर सकिएको उनले बताइन् । मंगलबार बेलुकीसम्म मुख्य टनेल ५८७. २२ मिटर लम्बाइ खनिएको सूचना अधिकारी ज्ञवालीले बताइन् ।
यस आयोजनामा ११२६ मिटर मुख्य सुरुङको लम्बाइ रहेको छ । डेढ महिनाअघिदेखि विस्फोटक पदार्थ प्रयोग गरेर काम गरिएको छ । आयोजना कार्यालयका अनुसार दैनिक ८ देखि ९ मिटरका दरले सुरुङ खनिएको छ । अहिले सुरुङको भौतिक प्रगति २४.१७ प्रतिशत र वित्तीय प्रगति २६.४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पछिल्लो एक महिनामा समग्र १० प्रतिशतले प्रगति बढेको देखिएको छ ।