पाल्पा, कार्तिक १३

जनप्रिय अाधारभूत विद्यालयमा खानेपानीकाे चरम अभाव भएकाे छ । खानेपानी अभावलाइ पूरा गर्न विद्यालयकी कार्यालय सहयाेगी भूमिका सारूले अाधा ङण्टाकाे दूरीमा रहेकाे कुवाबाट डाेकाेमै खानेपानी बाेकेर विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाइ पानी पुर्याउँदै अाएकी छिन् ।

श्री जनप्रिय अाधारभूत विद्यालय रम्भा १, नाैगाउँ, पाल्पामा १ सय ९ जना विद्यार्थीहरू अध्ययन गर्ने गर्द

छन् । विद्यालयमा खानेपानीकाे अापूर्ती गर्ने कुनै स्राेत नभएका कारण डाेकाेमै बाेकेर खानेपानी पुर्याउनुपर्ने बाध्यता रहेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर सिंजालीले बताए । विद्यालयमा खानेपानी अभाव भएकाे धेरै भयाे, यहाँका स्थानीय सरकारले भनेकाे सुन्दैन, हामीसँग कुनै अाफ्नै स्राेत छैन, अध्यक्ष सिंजालीले भने, विद्यार्थीकाे अाधारभूत अावश्यकता पुरा हामी अप्ठ्याराे गरि भए पनि पुरा गरेका छाैं ।

विद्यालयका प्रधानाध्यापक दामाेदर सुवेदीले विद्यालयमा दिनमा ३।४ पटकसम्म डाेकेमा पानी बाेकाउनुपर्ने बाध्यता भएकाे बताए । उनी भन्छन्, शिशु कक्षादेखी अध्ययन गर्ने विद्यार्थीहरू रहेका छन्, यहाँ सरसफाइका लागि पनि पानी छैन । विद्यालयमा कुनै स्राेत नभएकाे र सराेकारवाला अन्य निकायकाे चासाे नभएका कारण खानेपानीकाे समस्या झेल्नुपर्ने बाध्यता रहेकाे बताए ।

वर्षा हाेस् वा हिउँद यस विद्यालयमा खानेपानीकाे उस्तै अभाव हुने गर्दछ । विद्यार्थीहरू साना भएका कारण पनि विद्यालयमा सबैजसाेलाइ बाेकेरै खानेपानी पुर्याउनुपर्ने कार्यालय सहयाेगी सारूकाे दैनिकी बनेकाे छ । यतिमात्र हाेइन विद्यालयका नियमित ड्युटी त छँदैछ । विद्यालयका अभिभावक बिष्णु पाठक भन्छन्, विद्यालयमा खानेपानी तत्काल अापूर्ती गर्नुपर्छ हाेइन भने हाम्राे स्थानीय सरकार भएकाे अनुभूती हामीले कसरी गर्ने ? उनले प्रश्न गरे ।

#Rambhaserofero #Hellosarkar #Janapriyaschool

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय