latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

बगनासकाली गाउँपालिकाले अभिभावकविहीन बालबालिकाकाे नेतृत्व लिने भएकाे छ । अभिभावकविहीन बालबालिकाको स्याहार सम्भारका लागि गाउँपालिकाले सहयोग गर्ने नीति गाउँपालिकाले लिएकाे हाे ।

बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष २०८२।०८३ का लागि ५४ करोड ७५ लाख ८६ हजार १२८ बजेट सार्वजनिक भएको छ। आर्थिक विकासका लागि १ करोड ९७ लाख ९० हजार, सामाजिक विकासतर्फ ३२ करोड ४० लाख, ८७ हजार, पूर्वाधार विकास १० करोड ९ लाख ३५ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ३६ लाख ७५ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ८ करोड, ७५ लाख ९९ हजार १२८ रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष पाठकले बताउनु भएको छ ।

अभिभावक विहिन बालबालिकाहरूकाे अध्ययन र अाभासका लागि गाउँपालिकाले व्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले बताइन् । उपाध्यक्ष हरिप्रसाद पाठकले मंगलबार प्रस्तुत गरेको बजेटमा अभिभावकविहीन बालबालिकालाई मासिक एक हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने उल्लेख छ। उनीहरूको अवस्था हेरेर थप सहयोग गर्ने उनले बताए। विद्यालय भर्ना हुन र आर्थिक अभावले अध्ययन गर्न नसक्ने गरिब, विपन्न र अपांगता भएका बालबालिकालाई विशेष छात्रवृत्ति र सहयोग उपलब्ध गराउने बताइएकाेछ । बल राहत उद्धार तथा पुनःस्थापना कोषलाई निरन्तरता दिने उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनु भएको छ।

बाल बचाउ, बालसंरक्षण, बालविकास र बाल सहभागितासँग सम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ। बालबालिकालाई सक्षम बनाउन सके समाजको सर्वांगीण विकासमा ठूलो सहयोग मिल्ने चिदीले बताइन्। किशोरी क्लब नै गठन गरेर बालविवाह न्यूनीकरण अभियानलाई प्रभावकारी बनाइनेछ। विद्यालयमा बालमैत्री वातावरण सिर्जना गरिनेछ। बालमैत्री व्यवहारलाई कडाइका साथ पालना गरिनेछ।

बगनासकाली गाउँपालिका लुम्बिनी प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका घोषणा भएको हो। आगामी आर्थिक वर्ष २०८२।०८३ मा बालमैत्री दिगोपना सुनिश्चितता घोषणा गरिने लक्ष्य लिइएको छ। ​

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय