latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

भजन गायक सुरज भण्डारीकाे स्वर तथा संगीतमा रहेकाे भजन रामकै गर्छु भजन सार्वजनिक भएकाे छ । सुरज बिटि युट्युव च्यानलबाट सार्वजनिक भएकाे भजनमा राम नाम जप्न तथा अध्यात्ममा ध्यान दिनका लागि अाग्रह गरिएकाे छ ।

३० वटाभन्दा  बढी भजनमा स्वर भरिसकेका राष्टि्य भजन गायक भण्डारीले जय भोले, बताउ रामकृष्ण, कति दयालु, लयौं राजारानी, हरिहरि लगायतका भजन सार्वजनिक गरिसकेका छन् । सजिएर हाम्री चेली बाेलकाे तीज गित समेत सार्वजनिक गरिसकेका सुरजले यस भजनकाे दृश्य भने रामघाट पाल्पा र नवलपरासीको बासामा कैद गरेका छन् ।

सुरज भण्डारी स्वर तथा संगित,  हिरालाल कंडेलको शब्द, आरके मिलन म्युजिक एरेन्ज रहेकाे भजनमा मिक्सिङ सञ्जय श्रीपालको, रेडर्डिस्ट गोविन्द ओलीले गरेका छन् । मुर्चुङा डिजिटल स्टुडियो अनामनगर मार्फत् सार्वजनिक भिडियो छायांकन तथा सम्पादन प्रदिप कंडेलले गरेका छन् ।

हेर्नुहाेस् भजन…

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय