साेमबार पद्म पब्लिक नमुना माध्यमिक विद्यालयमा महानायक राजेश हमाल पुगे । तानसेन नगरपालिका ३, पाल्पामा रहेकाे पद्म पब्लिक माविमा महानायक राजेश र नायक धिरेन शाह एकसाथ पुगेका हुन् ।

विद्यालयका पूर्व प्रध्यानाध्यापक स्वर्गीय चुडा बहादुर हमालका छोराका रूपमा राजेशलाई र पूर्व विद्यार्थीका रूपमा धिरेनलाई विद्यालयले सम्मान सहित स्वागत गर्याे ।  महानायक राजेशले भावुक हुँदै बुवाको विद्यालयमा आउने धोको पूरा भएको बताए। ‘बुवा यहाँ प्रिन्सिपल हुँदा म जन्मिएको थिएँ। त्यसको १० महिनामै हामी काठमाडौं गएका थियौं। त्यसकारण पाल्पाको अनुभव धेरै पछि मात्रै भयो,’ राजेशले भने, ‘तर पनि मन, मस्तिष्कमा जहिल्यै पनि पाल्पा हुन्थ्यो। किनकि बुवा, आमा दुवै पाल्पाको हुनुहुन्थ्यो।’

धिरेनले आफूले पढेको विद्यालयमा प्रवेश गर्दा एकदमै खुसी लागेको बताए। ‘धेरैपछि म पढेको स्कूलमा आउँदा कताकता भावुक पनि भएको छु,’ उनले भने, धेरै फरक प्रकृतिकाे अनुभूती मैले गरेकाे थिए, अहिले विद्यालयमा प्रवेश गर्दा भावुक भए । म पढेकाे कक्षा हेरे उस्तै देखें, खुसी लाग्याे । विद्यालयलाइ शुभकामना ।

गृह जिल्ला पाल्पा भ्रमण रहेका नायक द्वयले विद्यालयलाइ साक्षी राखेर तस्बिर समेत कैद गरे । पद्म पब्लिक नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज रेग्मीले देश तथा विदेशमा ख्याती कमाएका नायकहरूले विद्यालयलाइ सम्झिएर प्रवेश गरेकाेमा खुसी व्यक्त गर्दै विद्यालयसँगकाे उनीहरूकाे साइनाे अमेट्य रहेकाे बताए । प्रधानाध्यापक सन्तवीर बरालले पुरानाे साइनाेकाे विद्यालयमा सम्मान सहित स्वागत गरिएकाे बताए ।

पाल्पाका सामाजिक अभियन्ता सन्दीप रानाले राजेश र धिरेनलाई एकसाथ पाल्पा लैजाने बन्दोबस्तो मिलाएका थिए। ‘यात्रा नेपाल’ नामक वृत्तचित्र निर्माणको शिलशिलामा यो भ्रमण भएको हो। सातै प्रदेशमा रमणीय, पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रहरूको उजागर गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गर्न लागिएको बताइएको छ। यसक्रममा पद्म पब्लिक माविमा समेत केही दृश्य छायांकन समेत गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय