रैनादेबी छहरा गाउँपालिका वडा नं ५, कटौजेपानीमा सुन्तला महोत्सव शनिबार सुरु भएको छ । रिब्दीकोट गाउँपालिका र रैनादेवी–छहरा गाउँपालिकाको संयुक्त आयोजनामा यही  मंसिर २२ र २३ गते  दुईदिने सुन्तला महोत्सव सुरु भएको हो ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगर शुभारम्भ गर्दै सुन्तला पकेट क्षेत्रको रुपमा विकास गरेर हजारौ युवाहरुलाई गाउँ–ठाउँमा रोजगारी दिलाउन सकिने बताए । पाल्पाको रैनादेवी छहरा र रिब्दीकोट प्रशस्तमात्रामा सुन्तला खेती गर्न सकिने वातावरण भएकोले प्रदेश सरकारले पालिकासँंग समन्वय गरेर कृषकमुखी कार्यक्रम ल्याउन सकिने बताए ।

सुन्तला महोत्सवमा लुम्बिनी प्रदेश सांसद विरबहादुर राना, रामजी घिमिरे, संविधानसभा सदस्य लिला सोमैले पश्चिम पाल्पाको हार्थाेक देखी अर्घाखाँचीको पाणाीनी गाउँपालिकासम्म सुन्तला पकेट, सुन्तला करिडोरको रुपमा विकास गरी विदेशिएका युवाहरुलाई सुन्तला उद्यमी बनाउन सकिने, गाउँलाई पुनःहराभरा बनाउने वातवातरण बन्दै गएको बताए ।

महोत्सवमा  प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादीका जिल्ला संयोजक राजेन्द्र विश्वकर्मा, रास्वपाका कार्यवाहक अध्यक्ष सुमन गैरे, राप्रपाका जिल्ला अध्यक्ष डुल बहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले लुम्बिनी प्रदेश मुख्यमन्त्री जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत लगायतले  शुभकामना दिदै सुन्तला खेतीलाई व्यवसायिक बनाउन  स्थानीय सरकार देखी प्रदेश सरकारले ध्यान दिनुपर्नेमा बताएका थिए ।

महोत्सवमा सुन्तलाबाट वाईन, रक्सी, जुस, जाम, मिठाई देखी करीव १० प्रकारका सरसमानहरु निर्माण गरि विक्रिमा राखिएको छ । गत बर्षदेखी पाल्पाको सुन्तलाको विविधिकरण गरी विक्रि वितरण शुरु भएको हो ।  महोत्सवमा सुन्तला रोपण क्षेत्रको माटो परिक्षण, रोग किरा नियन्त्रण, सुन्तला खेती सम्वन्धी आवश्यक परामर्श तथा जानकारी, विरुवा लगाउँदा, काटछाट गर्दा अपनाउनु पर्ने सावधानी, सुन्तला बगैचाको हेरचाह तथा मलखाद प्रयोग सम्बन्धी कृषि प्राविधिकहरुले कृषकहरुलाई जानकारी गराईएको छ ।

पाल्पामा सुन्तलाको पकेट क्षेत्र भएको, बाझा खेतबारीमा समेत प्रशस्त सुन्तला खेती गरेर आयआर्जन गर्न सकिने, बाझा जमिनहरु पैसामा रुपान्तरण हुने, गाउँघरमै बार्षिक रुपमा लाखौ करोडौ रुपैया आम्दानी गर्न सकिने, बसाई सराई रोक्ने अभियानका साथ सुन्तला महोत्सवलाई कन्द्रित गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक एवं रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्खत भट्टराईले बताए ।

रैनादेवी छहरा गाउँपालिकाले चालु आर्थिक बर्षमा ३० हजार सुन्तलाका विरुवा लगाएको आगामी बर्ष ५० हजार सम्म सुन्तलाका विरुवा लगाउने अभियानमा पालिका लागेको अध्यक्ष भट्टराईले बताए । रैनादेवी छहरा गाउँपालिकामा १ सय ७२ हेक्टरमा  वडा नंं २ देखी ५ सम्म ८२५ घरधुरीले सुन्तला  बार्षिकरुपमा ८०१ मेट्रिक टन सुन्तला उत्पादन बाट १० करोड बराबरको आम्दानी गर्दै आएको तथ्याङ्क रहेको छ ।

महोत्सव मुल आयोजक समितिका सह–संयोजक रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले गत बर्ष गरेको सुन्तला महोत्सवको कारण मैनादी क्षेत्रमा मात्र २२ घरपरिवार बसाई सराई बाट रोकिएको बताए । रिव्दीकोटमा ८२६ घरपरिवारले ३ हजार १ सय ३३ रोपनी क्षेत्रफलमा ३८ हजार ७ सय ११ बोट बाट बार्षिक रुपमा ५ करोडको सुन्तलनाको आम्दानी हुने गरेको छ  । महोत्सव व्यबस्थापन समितिका संयोजक रिब्दीकोट गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीको स्वागत, महोत्सवका व्यवस्थापक दानबहादुर कुवँरले सुन्तला खेतीको इतिहास र वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । महोत्सवको सञ्चालन रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय