latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, फागुन १४

पाल्पाका स्थानीय सरकारले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक विदा दिएका छन् । दिवसको अवसरमा फागुन १५ गते एक दिन सार्वजनिक विदा दिइएको हो ।

जिल्लाकाे सदरमुकाम रहेकाे तानसेन नगरपालिका र रामपुर नगरपालिकाले  सुचना जारी गर्दै विदाको घोषणा गरेका छन् । पाल्पा जिल्ला मगर समुदायको बहुल्यता रहेको जिल्ला भएको र मगर समुदायले फागुन १५ गतेलाई उत्सवको रुपमा मनाउने भएकाले सार्वजनिक विदा दिइएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले बताउनुभयाे ।

यस्तै जिल्लाका वगनाशकाली, निस्दी, माथागढी र पूर्वखाेला गाउँपालिकाले सूचना जारी गर्दै सार्वजनिक विदाकाे घाेषणा गरिसकेका छन् । यस दिन स्थानीय सरकार मातहतमा रहेका शिक्षण संस्था, स्वस्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा हुने भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय