latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

गायक प्रकाश सपूतले ‘दमाई महाराज’ शीर्षकमा नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रवार बेलुका सार्वजनिक यो गीतमा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर छ । थुप्रै कलाकारहरूले समूहमा स्वर दिएका छन् ।

‘गलबन्दी’ र ‘बोल माया’को दोस्रो भागका रुपमा प्रकाशले यो गीत सार्वजनिक गरेका हुन् । यो उनको ‘सकम्बरी’पछिको अफिसियल गीत हो । प्रकाशकै शब्द, संगीत रहेको गीतलाई सुदिप सागरले संगीत संयोजन गरेका हुन् ।


भिडियोमा प्रकाशसँगै अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरीलगायतको अभिनय छ । गाउँमा आयोजित धार्मिक सप्ताहको परिवेशमा प्रकाशले भिडियोको कथा उनेका छन् । भिडियोले जातीय विभेदविरुद्ध सन्देश दिन्छ । प्रकाशले ‘गलबन्दी’को कथासँग यसको भिडियोको कथा जोडेका छन् ।

प्रकाश स्वयंमले यसको भिडियोको निर्देशन गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी, मानकृष्ण महर्जन र दिनेश पराजुलीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

‘गलबन्दी’ र ‘बोलमाया’ प्रकाशको करिअरका निकै चर्चित गीतहरू हुन् । गायिका शान्तिश्री र मोडल अञ्जलीको करिअरका लागि पनि ति गीतहरू उत्तिकै महत्वपूर्ण मानिन्छन् ।

‘दमाई महाराज’ गीतको भिडियोले विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्ने विश्वास प्रकाशले लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय