latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

गायक प्रकाश सपूतले ‘दमाई महाराज’ शीर्षकमा नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रवार बेलुका सार्वजनिक यो गीतमा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर छ । थुप्रै कलाकारहरूले समूहमा स्वर दिएका छन् ।

‘गलबन्दी’ र ‘बोल माया’को दोस्रो भागका रुपमा प्रकाशले यो गीत सार्वजनिक गरेका हुन् । यो उनको ‘सकम्बरी’पछिको अफिसियल गीत हो । प्रकाशकै शब्द, संगीत रहेको गीतलाई सुदिप सागरले संगीत संयोजन गरेका हुन् ।


भिडियोमा प्रकाशसँगै अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरीलगायतको अभिनय छ । गाउँमा आयोजित धार्मिक सप्ताहको परिवेशमा प्रकाशले भिडियोको कथा उनेका छन् । भिडियोले जातीय विभेदविरुद्ध सन्देश दिन्छ । प्रकाशले ‘गलबन्दी’को कथासँग यसको भिडियोको कथा जोडेका छन् ।

प्रकाश स्वयंमले यसको भिडियोको निर्देशन गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी, मानकृष्ण महर्जन र दिनेश पराजुलीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

‘गलबन्दी’ र ‘बोलमाया’ प्रकाशको करिअरका निकै चर्चित गीतहरू हुन् । गायिका शान्तिश्री र मोडल अञ्जलीको करिअरका लागि पनि ति गीतहरू उत्तिकै महत्वपूर्ण मानिन्छन् ।

‘दमाई महाराज’ गीतको भिडियोले विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्ने विश्वास प्रकाशले लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय