तानसेन पाल्पा भ्रमण गर्नुभएकाे छ भने सधै तानसेन बसपार्कमा एक जेष्ठ नागरिक ट्राफिकका रूपमा  तानसेन बसपार्कमै व्यस्त देखिन्छन्  । ८२ वर्षीय टोपप्रसाद श्रेष्ठ ‘नागरिक ट्राफिक’ का रूपमा ३४ वर्षदेखी खटिँदै छन् ।

उनकाे चिनारी पनि फरक फरक छ । कसैले उनलाइ ‘कलकत्ते’ दाइ भन्छन्  त कसैले ‘बूढो’ ट्राफिक प्रहरी ठान्छन् । गाडी चालक र धनीले  सम्मान गरेकै हुन्छन् । टोपप्रसाद श्रेष्ठ अविवाहित व्यक्ति हुुन् । स्याङ्जाकाे विरूवा गाउँपालिकाबाट तानसेन आएका हुन् । बाल्यकाल कोलकातामै बित्यो । त्यसपछि तानसेन आए । बसपार्कलाई आफ्नो बस्ने थलो बनाए । उनी नागरिक ट्राफिकको भूमिकामा छन् ।

टोपप्रसाद श्रेष्ठले ट्राफिकको जस्तै पोसाक लगाएर सवारी व्यवस्थापनमा खटिन्छन् । तर उनले अहिलेसम्म कुनै तलब सुविधा भने प्राप्त गरेका छन् । गाडीधनिहरूले जे दिन्छन् हात थापेरै गुजारा चलाएका छन् । साेमबार बिहानै गाडीलाइ समयमै गन्तव्य पुग्न अनुराेध गर्दै गरेकाे अवस्थामा भेटिएका श्रेष्ठले गाडीका सहयाेगीहरूले ब्याग तथा बाेरामा सामाग्री ल्याउँदा धेरै भाडा लिने गरेकाे गुनासाे सुनुवाइ गर्नुपर्ने बताउँदै थिए । थाेरै सामानको भाडा नतिर्न र नलिन उनी सम्झाउने गर्छन् । श्रेष्ठ भन्छन्, ‘के गर्ने हजुर हामीले भनेको मान्दैनन्, यात्रुले पनि मागेपछि पैसा दिइहाल्छन् ।’ सिटभन्दा बढी यात्रु नराख्न उनको सुझाव हुन्छ । गाडी व्यवसायीसित मादक पदार्थ र नशालु औषधि प्रयोग गर्ने चालक नराख्न आग्रह गर्छन् । गाडीको सम्पूर्ण अवस्था ठीक छ/छैन जाँच्न भन्छन् । मजदुरलाई मासिक तलब, रिजर्भ भत्ता बाँकी नराख्न आग्रह गर्दै प्रहरी चौकीमा गाडी इन्ट्री गर्न आग्रह गर्ने गरेको उनले बताए ।

उनले हरेक दिन चालकलाई मदिरा, नशालु पदार्थ सेवन नगर्न आग्रह गर्छन् । अगाडि सिटमा महिला राखेर अनावश्यक कुरा नगर्न सुझाउँछन् । समयमा छुटेर गन्तव्य पुग्न उनको आग्रह हुन्छ । गाडीको हर्न, लाइट, ब्रेक जाँच गर्न अनुरोध गर्दै जाँचपास, ब्लुबुकका लागि सम्झाउने गर्छन् ।

श्रेष्ठकाे कामको कदर गर्दै शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले सम्मान समेत गरेकाे छ । नगदसहित उनलाई सम्मान गर्ने अन्य संघसंस्था भए पनि सरकार सम्बन्धित पक्ष भने बेखबर प्राय छन् । श्रेष्ठ आफै खटिए पनि एक नागरिक जाे स्वयंसेवामा निरन्तर खटिइरहेका छन् उनकाे संरक्षणका लागि सराेकारवालाहरूकाे भूमिका भने देखिँदैन । श्रेष्ठ पाल्पा तानसेन बसपार्कमा आउनेहरूका लागि पथप्रदर्शक हुन् । असहाय, अपांग, वृद्धहरूकाे सहयोगी पनि । उनकाे संरक्षण कसले गर्ने ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय