latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

काठमाडौं । धरानमा गोरु काटेर भोज खाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा गाईको मासु खाएको भनेर भिडिओ खिचिरहेकी युवतीले बताएकी छन् ।

भिडिओमा गाईको मासु खाएपछि अब संविधान पनि संशोधन गर्नु पर्ने बताइएको छ । एकजनाले भने गाईको हैन गोरुको मासु भन्छन् । भिडिओमा एक महिलाले भन्छिन्- मासु खाएपछि अब संविधान पनि संशोधन गर्नु पर्छ । नत्र गाईको मासुले पाप लाग्छ ।

भिडिओमा मासु खाँदै गरेको अवस्थामा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र केही पत्रकारहरू समेत देखिएका छन् । भोजमा जनजाति संस्कृति संरक्षणको पक्षमा लागेका अभियन्ताहरु समेत मासु खाँदै गरेको अवस्थामा देखिएका छन् ।

भिडिओमा घर भित्र र बाहिर बसेर भोज खानेहरू देखिएका छन् । नेपालको संविधानको धारा ९ उपधारा (३) मा नेपालको राष्ट्रिय जनावरको रुपमा गाईलाई राखिएको छ । त्यस्तै, मुलुकी अपराध (संहिता) ऐन, २०७४, भाग २, परिच्छेद-२७ मा गाई गोरु काट्न नहुने उल्लेख छ । गाई गोरुलाई कुटी अङ्गभङ्ग भएमा निजलाई ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था मुलुकी अपराध संहिताले गरेको छ ।

के हो भिडिओको वास्तविकता ?

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओ धरान ११ स्थित मङ्गलबारेको हो । सो भिडिओ तीन दिन अघि खिचिएको हो । गोरु काटेको अभियोगमा पक्राउ परेका विन्द्रा कुमार राई र राजन परियार थुनामुक्त भएको खुसीयालीमा सो भोज लगाइएको हो ।

उनीहरूलाई विभिन्न संघ संस्थाले भोजअघि सम्मानसमेत गरेका थिए । राई गत साउन ९ गते पक्राउ परेका थिए । उनी गत साउन २६ मा रिहा भएका थिए । नेपाल आदिवासी जनजाति महासंघ धरान उपमहानगर समन्वय परिषद् र सांस्कृतिक अधिकार संरक्षण मञ्चले धरानको मङ्गलबारेमा सो कार्यक्रमको आयोजना गरेको थियो ।

सो कार्यक्रममा आदिवासी जनजातिको अधिकारको पक्षमा काम गर्दै आएका संघसंस्थाका प्रतिनिधि तथा ख्रिष्टियन सोसाइटीका मानिसहरु सहभागी भई संस्कृतिको संरक्षण र उपभोग गर्न पाउनु पर्ने माग राखेका थिए ।

गोरु काटेर भोज गरेको भए कारबाही हुन्छ : प्रहरी

सामाजिक सञ्जालमा भइरहेको भिडिओको विषयमा गम्भीरताका साथ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले के काटिएको हो ? कहाँ काटिएको हो ? र कसले काटेको हो भनेर अनुसन्धान भइरहेको बताए ।

एसपी ढकालले सामाजिक सञ्जालमा आएका फोटो तथा भिडिओलाई आधार मानेर अनुसन्धान सुरु गरेको बताए । उनले कानूनले बर्जित गरिएको कुरा गर्नु नहुने बताए । ‘गाइ गोरु काटेर भोज गरेको भए जो सुकैलाई भए पनि कारबाही हुन्छ ।’ उनले भने हामी आवश्यक प्रमाणहरू संकलनमा लागेका छौं । उनले भने, ‘कानूनको पालना गर्ने काम प्रहरीको हो । कानून पालना गर्न प्रहरी सक्षम छ ।’ स्राेतः नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय